Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

आगामी म्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

महेन्द्रनगर, ११ कात्तिकः आगामी म्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ ।

सुदूरपश्चिमका नौ जिल्लाबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन ३२ खेलका दुई हजार ६ सय भन्दा बढी खेलाडीले फारम भरेका सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले यही कात्तिक १२ देखि १८ गतेसम्म यहाँका नौ वटै जिल्लामा खेलाडी छनोट गर्नका लागि पत्राचार जारी गरिएको जानकारी दिनुभयो ।

“जिल्ला छनोट सकिएपछि म्सिर १ गतेदेखि धनगढी र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश छनोट गर्ने तयारी छ”, सदस्य सचिव खड्काले भन्नुभयो, “जिल्ला छनोट गर्न केही दिनमा प्रदेशबाट बजेट निकासा गर्छौँ ।”

सुदूरपश्चिम प्रदेश सरकारले बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्ला र प्रदेश छनोट एवं तयारीका लागि रु चार करोड ५० लाख बजेट बिनियोजन गरेको सदस्य सचिव खड्काले जानकारी दिनुभयो । राष्ट्रिय प्रतियोगितामा कुल ३२ खेल समावेश भए पनि सुदूरपश्चिमबाट केही खेलमा बाहेक अरु सबैमा खेलाडी सहभागी हुने उहाँले बताउनुभयो ।

प्रशिक्षकको अभाव हुँदा समेत खेलकुद गतिविधि सञ्चालन भइरहेका सदस्य सचिव खड्काले बताउनुभयो । सुदूरपश्चिमका सात पहाडी जिल्लाका साथै तराईका दुई जिल्लामा समेत विभिन्न खेलका प्रशिक्षक छैनन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशले राष्ट्रिय खेलकुद परिषद्लाई ३२ स्वयंसेवक प्रशिक्षक माग गरे पनि १६ खेलमा १६ स्वयंसेवक प्रशिक्षक नियुक्तीका लागि प्रक्रिया अघि बढाइएको सदस्य सचिव खड्काले बताउनुभयो ।

“स्वयंसेवक प्रशिक्षकका लागि आवेदन लिने काम बिहीबारसम्म हुन्छ”, सदस्य सचिव खड्काले भन्नुभयो, “अन्य प्रक्रियाका विषयमा माथिल्लो निकायको निर्देशन अनरुप हुनेछ ।”

प्रदेश खेलकुद परिषद्ले यहाँका नौवटै जिल्लालाई कात्तिक १८ गतेभित्र जिल्ला छनोट सम्पन्न गरी खेलाडीको नामावली विवरण पठाइसक्ने पत्राचार गरेको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका ७९० खेलाडीले जिल्ला छनोटका लागि फारम भरेको बताउनुभयो । उहाँले २७ खेलका लागि ७९० खेलाडीले फारम भरेर खेलको तयारीमा जुटेका बताउनुभयो । कार्यालय प्रमुख भट्टका अनुसार कञ्चनपुरमा २२ खेलका लागि जिल्ला छनोट सञ्चालन हुँदैछ । जिल्लामा बक्सिङ, कराते, तेक्वान्दोलगायत आठ खेलका मात्र प्रशिक्षक कार्यरत छन् ।

  • कञ्चनपुर
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

  • Post Thumbnail

    श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

  • Post Thumbnail

    चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

  • Post Thumbnail

    चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    Post Thumbnail

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    Post Thumbnail

    ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution