Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (२ दिन अघि)
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ ।

परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाउनुभएको छ ।

उहाँले सो धान महँगो मूल्यमा बिक्री हुने भएकाले यस धानप्रतिको आर्कषण बढ्दै गएको जानकारी दिँदै अधिकांश किसानले सो धान लगाउन थालेको बताउनुभयो । “अर्को कुनै हाइब्रिड जातको धान प्रतिक्विन्टल रु तीन हजार देखि तीन हजार २०० मूल्यमा बिक्री हुन्छ तर कालानमक जातको धान रु १२ हजार क्विन्टलमा बिक्री हुन्छ”, किसान गुप्ताले भन्नुभयो ।

किसानलाई धान स्याहार गर्न पनि सहज जातको धान कालानमक भएको जानकारी दिँदै किसानले अन्य धानको तुलनामा यसबाट बढी प्रतिफल पाएको उहाँले बताउनुभयो ।

सो धानको चामलबाट बनाइएको भात मुलायम र सुगन्धित हुने जानकारी दिँदै किसान गुप्ताले यस वर्ष २० किलो कालनमक जातको धानबाट करिब १५ क्विन्टल धान उत्पादन गर्ने लक्ष्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य हाइब्रिड जातका धानभन्दा यसको उत्पादन केही घट्छ तर यो महँगो मूल्यमा बिक्री हुन्छ”, कालानमक धानको बजार स्थानीय बजार नै रहेको र यसको माग पनि बढ्दै गएको उल्लेख गर्दै किसान गुप्ताले कालानमक धानको व्यावसायिक खेती गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले परीक्षणका लागि सुरुमा एक किलो कालानमक धानखेतीबाट सो धानको उत्पादन सुरु गरिएको जानकारी दिँदै चार जर्षअघिदेखि यसको उत्पादन गरिरहेको बताउनुभयो ।

बाँकेको जानकी गाउँपालिका–५, गुर्वा गाउँका किसान रमेशकुमार बर्माले पनि व्यावसायिक रुपमा कालानमक धानको खेती गर्नुभएको छ । उहाँका अनुसार तीन बिघा जमिनमा सो धानको खेती भएको छ । खादा मिठो हुने भएकाले यो धान हाइब्रिड धानको तुलनामा महँगो पर्ने किसान बर्माको भनाइ छ । यस धानको लागि पर्याप्त सिँचाइ र पानी उपलब्ध हुनुपर्छ । यो धान असारमा रोपेपछि कात्तिकको अन्तिम साता मात्रै काट्न तयार हुन्छ ।

मसिनो र बास्नादार मानिने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको किसानको भनाइ छ । यो धान करिब १४० दिनमा तयार हुने बताइएको छ । कृषि ज्ञान केन्द्र, नेपालगन्जका प्रमुख डा विनोद घिमिरेले रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत यसको संरक्षणमा जोड दिइएको उल्लेख गर्दै किसानले मूल्य पाउने भएकाले पनि यसको खेती भइरहेको बताउनुभयो ।

उहाँले केही सीमित किसानले कालानमक धानको खेती गरेकाले बीउमा सहयोग गरिएको जानकारी दिँदै बजार क्षेत्रमा यसको माग बढ्दै गएको बताउनुभयो । बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिपालिकामा सबैभन्दा बढी कालानमक धानको खेती हुँदै आएको छ ।

  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

  • Post Thumbnail

    सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

  • Post Thumbnail

    नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो कन्टेन्ट क्रियटरमार्फत

  • नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

    नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

    Post Thumbnail

    सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

    Post Thumbnail

    एनएफएलमा तीन नयाँ क्लब थपिने

    Post Thumbnail

    नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्डले माग्यो कन्टेन्ट क्रियटरमार्फत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution