Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बनेपा

किसानलाई जै घाँसको बीउ वितरण

रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई मङ्गलबार हिउँदे जै घाँसको बीउ वितरण गरिएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (२ घण्टा अघि)
किसानलाई जै घाँसको बीउ वितरण

बनेपा (काभ्रे), ११ कात्तिकः रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई मङ्गलबार हिउँदे जै घाँसको बीउ वितरण गरिएको छ ।

पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकले दुवै सहकारी संस्थाका किसानलाई ५०० किलोग्राम जै घाँसको बीउ वितरण गरेको हो । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई ३०० र देउराली दुग्ध उत्पादक सहकारीलाई २०० किलोग्राम बीउ उपलब्ध गराइएको छ । किसानलाई प्रतिव्यक्ति पाँच किलोग्रामका दरले बीउ वितरण गरिएको हो ।

पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा ब्रजकिशोर ठाकुरका अनुसार कार्यालयमा जै घाँसको दुई हजार ५०० किलोग्राम बीउ मौज्दात रहेकामा यसअघि कार्यालयबाटै ५०० किलोग्राम वितरण गरिएको थियो ।

थप ५०० किलोग्राम वितरण गरिएसँगै हालसम्म एक हजार किलोग्राम बीउ वितरण भएको उहाँले बताउनुभयो । किसानको मागअनुसार बीउ वितरण गरिने उल्लेख गर्दै उहाँले आवश्यक परे सहकारीले थप बीउ खरिद गरेर पनि किसानलाई वितरण गर्न सक्ने बताउनुभयो ।

दूध उत्पादनका लागि पशुपालन गर्दै आएका किसानलाई हिउँदमा हरियो घाँसको अभाव हुन नदिन बीउ वितरण गरिएको ठाकुरले बताउनुभयो ।

जै घाँसबाट एकै सिजनमा तीनदेखि चारपटकसम्म उत्पादन लिन सकिने भएकाले पशुलाई हरियो तथा पोषणयुक्त आहारा उपलब्ध गराउन र दूध उत्पादन बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

असोज–कात्तिक जै घाँस लगाउन उपयुक्त समय हो । प्रोटिनयुक्त जै घाँसले पशुको पोषणमा सुधार ल्याउनुका साथै दूध उत्पादन बढाउन सहयोग पुग्ने भएकाले किसानलाई प्रत्येक वर्ष यसको खेती गर्न उहाँले सुझाव दिनुभएको छ ।

सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विदुर कोइरालाका अनुसार सहकारीमा करिब एक हजार १०० सदस्य आबद्ध छन् ।

सहकारीमार्फत दैनिक दूध बिक्री गर्ने किसानको सङ्ख्या करिब ६०० रहेको उहाँले बताउनुभयो । दैनिक दूध बिक्री गर्ने किसानको सङ्ख्या धेरै भएकाले कार्यालयबाट प्राप्त बीउ सबै किसानलाई वितरण गर्न पर्याप्त नभएको अध्यक्ष कोइरालाले बताउनुभयो ।

सहकारीका सातवटा दूध सङ्कलन शाखामार्फत सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले अन्य स्रोतबाट समेत जै घाँसको बीउ व्यवस्थापन गरी आफ्ना किसानलाई वितरण गर्ने योजना रहेको बताउनुभयो ।

  • काभ्रेपलाञ्चोक
  • बनेपा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

  • Post Thumbnail

    सहकारीले गाउँमै दूध सङ्कलन गरेपछि किसानलाई सहज

  • Post Thumbnail

    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

  • बाढीको असर सेवा प्रवाहमा

    बाढीको असर सेवा प्रवाहमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छः अध्यक्ष ओली

    Post Thumbnail

    सङ्कलन गरिएको राहत रेडक्रसलाई हस्तान्तरण

    Post Thumbnail

    शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution