Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (४ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ११ कात्तिक : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको निगरानी र जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।

उहाँका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ जना, सिसीटिभी क्यामेराको निगरानीबाट पहिचान भएका ४० तथा ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ३४ जना रहेका छन् ।

त्यसैगरी, तीव्रगतिमा सवारी चलाउने १०३, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ । कारबाहीमा परेका चालकलाई सवारी तथा यातायात व्यवस्थासम्बन्धी प्रचलित ऐन कानुनअनुसार जरिवानासहित आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता सुवेदीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्नुको मुख्य उद्देश्य जरिवाना असुल गर्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु तथा नागरिकको सुरक्षित यात्रालाई सुनिश्चित गर्नु रहेको बताउनुभयो ।

विशेषगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्रगतिमा सवारी हाँक्ने, ट्राफिक सङ्केतको बेवास्ता गर्ने तथा जथाभावी सवारी चलाउने प्रवृत्तिले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र जाँचलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका मुख्य सडक, चोक, चौराहा तथा सवारीसाधनको बढी चाप हुने क्षेत्रमा नियमित जाँच गर्नुका साथै सिसीटिभी क्यामेरामार्फत पनि सवारी नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ । सडकमा सवारीचालकको लापरवाहीका कारण चालक स्वयं, यात्रु तथा पैदलयात्रुसमेत जोखिममा पर्ने भएकाले सबैले ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन कायम राख्न, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित यातायात प्रणालीको विकास गर्न नियमित निगरानी, जाँच र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

साथै, ट्राफिक प्रहरीले सवारी चलाउँदा तोकिएको गति कायम गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक सङ्केतको पालना गर्न तथा पैदलयात्रुको सुरक्षामा विशेष ध्यान दिन सम्पूर्ण सवारीचालकलाई आग्रह गरेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • विचारः आधुनिकीकरणको छायाँमा रैथाने ज्ञान

    विचारः आधुनिकीकरणको छायाँमा रैथाने ज्ञान

  • धानखेत बगरमा परिणत

    धानखेत बगरमा परिणत

  • आलेखः कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

    आलेखः कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

  • Post Thumbnail

    किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

    संसदीय विशेष समितिः बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    संसदीय विशेष समितिः बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    Post Thumbnail

    पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन

    किसानलाई जै घाँसको बीउ वितरण

    किसानलाई जै घाँसको बीउ वितरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution