Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ सुरु

नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (३ घण्टा अघि)
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ सुरु

काठमाडौँ, ११ कात्तिकः नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले गत आइतबार पवित्र मुक्तिनाथधामबाट सो रथयात्राको शुभारम्भ गर्नुभएको हो । उहाँकै सत्सङ्कल्पमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा सो रथयात्रा सुरु भएको हो ।

बागलुङस्थित पञ्चकोट हुँदै अघि बढेको उक्त रथयात्रा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरूमा आगामी मङ्सिर १ गतेसम्म राष्ट्रव्यापी रूपमा परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले भन्नुभयो, “यस रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्नु, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु तथा नेपालको गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु हो ।”

साथै, देशका ऐतिहासिक तीर्थस्थलहरूबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गरी आन्तरिक पर्यटन, तीर्थाटन र स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु पनि यस अभियानको अर्काे मूल उद्देश्य रहेको उहाँको भनाइ थियो ।

राष्ट्रव्यापी यात्राको विश्राम मङ्सिर १ गते नवलपुरस्थित श्रीगजेन्द्रमोक्षधाम, त्रिवेणीधाममा हुने कार्यक्रम छ । मङ्सिर १ देखि नै सोही स्थानमा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुँदैछ । सो महायज्ञ मङ्सिर महिनाभर हुनेछ ।

रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसाद वितरण गर्ने कार्यक्रमसमेत रहेको छ । यस अवसरमा रथयात्रा पुग्ने विभिन्न स्थानका श्रद्धालु भक्तजन, धर्मानुरागी तथा सनातन संस्कृतिप्रेमी महानुभावहरूलाई भगवानको दर्शन गर्न, पवित्र जल तथा प्रसाद ग्रहण गर्न र यस पुण्य अभियानमा सहभागी हुन पनि उहाँले आह्वान गर्नुभयो ।

  • काठमाडौँ
  • नवलपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

    दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

  • श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा

    श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा

  • Post Thumbnail

    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

  • Post Thumbnail

    वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

    आलेखः कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

    दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

    दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

    Post Thumbnail

    स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

    Post Thumbnail

    किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution