Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

बाढीको असर सेवा प्रवाहमा

गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (३ घण्टा अघि)
बाढीको असर सेवा प्रवाहमा

म्याग्दी, ११ कात्तिकः गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ । बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो ।

बेनी नगरपालिका–७ मा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी नगरपालिकाको भवनमा असोज ११ गते बिहान बराहपाखोबाट आएको बाढी पसेर क्षति पुर्याएको थियो । बाढीले कार्यालयका भुइँतलामा रहेका कोठा पुरिएपछि सेवा प्रवाह प्रभावित भएको हो ।

केन्द्रले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तर, कार्यालयका महत्त्वपूर्ण कागजात, अभिलेख र उपकरण नष्ट भएकाले काम गर्न कठिन भएको पशु विकास अधिकृत गोपाल गिरीले बताउनुभयो ।

“नयाँ भवन निर्माण पूरा गरेर कार्यालय सञ्चालनमा ल्याएका छौँ । तर, कागजात, अभिलेख, औजार, उपकरण र फर्निचर बाढीले नष्ट गरेकाले समस्या भएको छ”, उहाँले भन्नुभयो, “यसअघि कार्यालय रहेका दुई भवनका भुइँतलाका सातवटा कोठामा रहेका सबै सामग्री र कागजात नष्ट भएका छन् ।”

पशु अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि बेनी–७ मङ्गलाघाटमा रु ४७ लाख खर्चेर सातकोठे एकतले भवन निर्माण गरेको थियो । पुरानो कार्यालय भवन बाढीले पुरिएपछि सोही भवनबाट सेवा प्रवाह सुरु गरिएको हो । कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधनसमेत बाढीमा पुरिएका थिए ।

भेटेरिनरी अस्पताल र डिभिजन वन कार्यालय परिसरमा थुप्रिएको माटो पन्छाउने काम अझै सकिएको छैन । माटो र गेग्रान हटाउन समय लाग्दा कार्यालयका भौतिक संरचना पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भएको छ ।

बाढीले बेनी नगरपालिकाको भवनमा पनि क्षति पुर्याएको थियो । भवनको भुइँतलामा रहेका कृषि र पशु सेवा शाखाले माटो पन्छाएर सेवा सुरु गरेका छन् । तर, बाढीले पुर्याएको क्षतिका कारण भेटेरिनरी र वन कार्यालयको नियमित कामकाज सहज हुनसकेको छैन ।

डिभिजन वन कार्यालयको भुइँतलामा रहेको योजना शाखाका तीनवटा कोठामा पनि बाढीले क्षति पुर्याएको थियो । सवारीसाधन पार्किङ गर्ने ग्यारेजसमेत भत्किएको छ । भुइँतलाका शाखा र कार्यकक्षलाई नजिकै रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एकाइ भवनमा सारेर काम सुरु गरिएको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताउनुभयो ।

“जेनतेन कार्यकक्ष बनाएर काम सुरु गरेका छौँ । तर, फर्निचर, कम्प्युटर, अभिलेख, प्रिन्टर र कागजात नष्ट भएकाले समस्या भएको छ”, उहाँले भन्नुभयो, “क्षतिग्रस्त भवन मर्मतका लागि बजेटको अभाव पनि अर्को चुनौती बनेको छ ।”

कार्यालयका भवनमा क्षति पुग्नुका साथै महत्त्वपूर्ण अभिलेख नष्ट हुँदा सेवा प्रवाहमा थप चुनौती देखिएको छ । नयाँ ठाउँमा कार्यकक्ष बनाएर काम सुरु गरे पनि आवश्यक उपकरण र कागजातको अभावमा नियमित काम गर्न कठिन भएको छ । क्षतिग्रस्त संरचनाको मर्मत र नष्ट भएका सामग्रीको व्यवस्थापन गर्न नसक्दा सरकारी कार्यालयको सेवा प्रवाहमा बाढीको असर कायमै छ ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

  • Post Thumbnail

    सहकारीले गाउँमै दूध सङ्कलन गरेपछि किसानलाई सहज

  • Post Thumbnail

    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

  • Post Thumbnail

    अवैध सामान बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

    Post Thumbnail

    किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    Post Thumbnail

    बागमती प्रदेशमा दुर्घटना घट्यो

    Post Thumbnail

    सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution