
कञ्चनपुर, १० कात्तिकः कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले यहाँका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ ।
कम्पनीले युरिया र डिएपी मलको कोटा निर्धारण गरिएको महेन्द्रनगर शाखाका प्रबन्धक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश मल वितरण व्यवस्थापन समितिबाट महेन्द्रनगर शाखालाई प्राप्त हुने ५४१ मेट्रिक टन युरिया र ४८७ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको हो ।
जिल्लाको भीमदत्त नगरपालिकालाई १०३ मेट्रिक टन युरिया र ९३ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको छ । बेदकोट नगरपालिकाका लागि ९५ मेट्रिक टन युरिया र ८५ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको छ ।
त्यसैगरी, यहाँको शुक्लाफाँटा नगरपालिकाका लागि ९५ मेट्रिक टन युरिया र ८६ मेट्रिक टन डिएपीको कोटा निर्धारण गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका लागि ७९ मेट्रिक टन युरिया र ७१ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएको छ ।
कृष्णपुर नगरपालिकाले १०३ मेट्रिक टन युरिया र ९३ मेट्रिक टन डिएपी मल प्राप्त गर्नेछन् । बेलडाँडी गाउँपालिकाका लागि ६४ मेट्रिक टन युरिया र ५७ मेट्रिक टन डिएपी मलको कोटा निर्धारण गरिएकोे छ ।
“हामीले पालिकाहरुका लागि कोटा निर्धारण गरेका छौँ, त्यही कोटाभित्र नगरपालिकाले पालिकाभित्र रहेका सहकारीलाई कति परिमाणमा मलखाद उपलब्ध गराउनुपर्ने हो त्यसको सिफारिस पठाउनुपर्छ,” शाखा प्रमुख जोशीले भन्नुभयो, “स्थानीय तहको सिफारिसका आधारमा कम्पनीले सहकारीलाई बुधबारदेखि नै रासायनिक मल वितरण गर्छ ।”
मल बिक्री गर्ने सहकारीले किसानलाई वितरण गरेको मलको विवरण एफएमएस प्रणालीमा अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने छ । त्यसैगरी, अनुदानको मल वितरण व्यवस्थापन कार्यविधिअनुसार आवश्यक विवरण तथा प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहबाट प्रमाणित गराएर कृषि सामग्री कम्पनीको महेन्द्रनगर शाखामा पेस गर्नुपर्ने छ । कम्पनीले १० दिनभित्र मल लैजान अनुरोध गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |