Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको मागसहित नेपालका विषयलाई प्राथमिकताका साथ उठाउन नागरिक समाजका तर्फबाट सुझाव दिइएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (२ घण्टा अघि)
कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ, १० कात्तिकः जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको मागसहित नेपालका विषयलाई प्राथमिकताका साथ उठाउन नागरिक समाजका तर्फबाट सुझाव दिइएको छ ।

गैरसरकारी संस्था महासङ्घ नेपालद्वारा आज यहाँ आयोजित ‘हिमालदेखि समुद्रसम्मः भोटेकोशी र बूढीगण्डकी विपद्को सन्दर्भमा जलवायु न्यायको मागसहित कोप–३१ मा नेपालको अडान’ विषय अन्तरक्रियामा त्यस्तो सुझाव दिइएको हो ।

महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले २५ बुँदे साझा अवधारणापत्र तथा सुझाव कृषि, वन तथा पर्यावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।

एक सयभन्दा बढी गैरसरकारी संस्थाहरूको सामूहिक सहभागितामा तयार पारिएको उक्त अवधारणापत्रले जलवायु न्याय, हानि तथा नोक्सानी, पहुँचयोग्य जलवायु वित्त, हिमाल तथा हिममण्डलको संरक्षण, जलवायु अनुकूलन, न्यायोचित रूपान्तरण र जोखिममा रहेका समुदायको अधिकार तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

अवधारणापत्र बुझेपछि सहसचिव डा ढकालले कोप–३१ मा नेपालको तयारी, उठाउने विषय र सहभागिताका सन्दर्भमा जानकारी गराउनुभएको थियो । साथै उहाँले अन्तरराष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई प्रभावकारी बनाउन सरकारका साथै नागरिक समाज र सञ्चार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

सो अवसरमा अध्यक्ष भट्टराईले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता नेपालको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले भोटेकोशी र बूढीगण्डकी लगायतका विपद्का घटनाले जलवायु सङ्कटको गम्भीरता र अन्तरराष्ट्रिय उत्तरदायित्वको आवश्यकतालाई थप उजागर गरेको बताउनुभयो । कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्या सहरमा आयोजना हुँदैछ ।

कार्यक्रम क्लिन इनर्जी नेपाल, अक्सफाम, किर्डाक, डिसिए, लिबर्ड, प्रकृति रिसोर्सेस सेन्टर, एनडब्लुसिएफ, फेकोफनलगायत जलवायु न्याय र वातावरणीय दिगोपनाका क्षेत्रमा कार्यरत नागरिक समाजका साझेदार संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून योगदान रहे पनि बाढी, पहिरो, हिमाली पारिस्थितिक प्रणालीमा देखिएका जलवायु परिवर्तनको प्रभावलगायत जलवायु सङ्कट भोग्नुपरेको लगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि एक खर्ब ४० अर्बको परियोजना

  • Post Thumbnail

    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

    आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

  • Post Thumbnail

    दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

    Post Thumbnail

    यातायात क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न माग

    Post Thumbnail

    गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा

    Post Thumbnail

    कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution