Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ ।
रासस ११०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (२ घण्टा अघि)
तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ, १० कात्तिक : मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको भन्दै पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको हो ।

विभागले उक्त तीन दिनको अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिने बताएको छ । विपद्को जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विभागले पदयात्राका क्रममा यसअघि नै तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकलाई जथाभावी नहिँडी सुरक्षित स्थान वा आश्रयस्थलमा मात्र बस्न आग्रह गरेको छ ।

मौसमको प्रतिकूलताबीच हुन सक्ने मानवीय दुर्घटना टार्न यो सतर्कता अपनाइएको विभागले जनाएको छ । विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको कडा रूपमा पालना गर्न र गराउन निर्देशन दिएको छ । विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्णरूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएको छ ।

 

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा

  • सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

    सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

  • परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

  • Post Thumbnail

    मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा

    Post Thumbnail

    कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution