Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि एक खर्ब ४० अर्बको परियोजना

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न रु एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ ।
रासस १४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १० कात्तिक : राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न रु एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ । परियोजनामा कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायिक उत्पादन, पूर्वाधार विकास, कृषकलाई तालिम, कृषि उत्पादन वृद्धि, अनुदान वितरणलगायत योजना समावेश गरिएको हो ।

किसानको आय वृद्धि तथा कृषिमा आधुनिकीकरण गरी कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी देशलाई कृषि वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने रणनीति लिइएको परियोजनामा विगतका अनुभव, सिकाइ र प्रगतिलाई अवलम्बन गरिएको छ । आगामी आर्थिक वर्षमा सञ्चालन गरिने उक्त परियोजना सफल कार्यान्वयनका लागि बहुपक्षीय सरोकारवालासँग समीक्षा गरिएको कार्यक्रम व्यवस्थापन एकाइका सूचना अधिकारी जितबहादुर चन्दले जानकारी दिनुभयो ।

सरकारले करिब एक दशकसम्म सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा २३ लाख ८३ हजार रोजगारी सिर्जना भएको जनाइएको छ । आव २०७३/७४ मा सुरू भएको कार्यक्रमका लागि रु ५६ अर्ब ३५ करोड विनियोजन गरिएको थियो । आव २०८२/०८३ मा सम्पन्न भएको कार्यक्रममा सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने बृहत् राष्ट्रिय कार्यक्रमअन्तर्गत रु ३९ अर्ब ५८ करोड खर्च गरेको उहाँले जानकारी दिनुभयो ।

देशका सबै प्रदेशअन्तर्गत जिल्लास्थित कृषि तथा पशु सेवासँग सम्बन्धित कार्यालयबाट ब्लक विकास कार्यक्रम र ७५३ वटा स्थानीय तहबाट पकेट विकास कार्यक्रम सञ्चालन गरिएको थियो । देशभर २१ वटा सुपरजोन, ३०० वटा जोन, एक हजार ५०० वटा ब्लक र एक हजार ५०० वटा पकेटहरू स्थापना गरिएको उक्त कार्यक्रमअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम, व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्तर व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) क्षेत्र स्थापना गरिएको हो ।

किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिइएको उक्त कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा सुरुमा आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम बनाइएको हो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

  • Post Thumbnail

    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

    आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

  • Post Thumbnail

    दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

    क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

    क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution