Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा पोखरामा

सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश बोकेर प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार पोखरा आइपुगेको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (३ घण्टा अघि)
Post Thumbnail

कास्की, १० कात्तिकः सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश बोकेर प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार पोखरा आइपुगेको छ ।

मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार मुक्तिनाथ मन्दिरबाट यही कात्तिक ८ गतेदेखि सुरु भएर पोखरा आइपुगेको रथयात्राका क्रममा धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा विशेष कार्यक्रम गरी स्वागत गरिएको थियो ।

सो अवसरमा भक्तजन तथा दर्शनार्थीहरुको घुँइचो लागेको थियो । यात्रको दोस्रो दिनमा बाग्लुङको पञ्चकोट–बाग्लुङबजार–मालढुङ्गा–कुश्मा–नौडाँडा–हेमजा हुँदै विन्ध्यवासिनी मन्दिरमा स्वागत कार्यक्रम गरिएको थियो । त्यसपछि पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सन्तसेवाश्रम रामघाटमा रात्रि विश्राम गरिएको छ ।

पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्दै आम नेपालीमा धार्मिक आस्था, आध्यात्मिक चेतना र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको मुुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी श्रीकृष्ण प्रपन्नाचार्यले बताउनुभयो । उहाँले कात्तिक महिनाभर रथयात्रा सञ्चालन हुने जानकारी दिनुभयो ।

“रथयात्राले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलबीचको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणमा समेत योगदान पु¥याउनेछ ।” उहाँले भन्नुभयो । कात्तिक मसान्तमा रथयात्राको समापनपछि आगामी मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधाममा गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

“ऐतिहासिक विशाल धन्याचल महायज्ञमा २५ फिट अग्लो विशाल सिद्धीस्तम्भ (मौलो) स्थापना गरिनेछ र हजारौँ धान्यप्रदाताहरुबाट धान अर्पण गरी परिपूर्ण गरिनेछ । कृषकको सम्मान, कृषिको प्रवर्द्धन र सनातन संस्कृतिको संरक्षणका लागि सबै जना सहभागी हुनुहुनेछ ।” स्वायमी प्रपन्नाचार्यले भन्नुभयो ।

विराट महायज्ञमा विशाल धन्याचलसहित अष्टाचल, श्रीराम अभिमन्त्रित चामलका साथमा चार वेद १८ पुराणसहित वैदिक सत्शास्त्रहरुको पारायण, हवन, कथाप्रवचन, भजन सङ्गीत, गौपूजन, दैनिक १०८ कन्यापूजन, बटुकपूजन, पाँच करोड दीपप्रज्वलन र वैदिक सनातन धर्म महासम्मेलनलगायतका कार्यक्रम राखिएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका महासचिव सुशीला बराल रेग्मीले ऐतिहासिक धार्मिक सम्पदा विन्ध्यवासिनीमा रथयात्राको स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा यसबाट टेवा पुग्ने बताउनुभयो ।

  • कास्की
  • बाग्लुङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु  :  कृषि विकास कार्यालय

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

  • बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • Post Thumbnail

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलमा आज दुईवटा खेल

    Post Thumbnail

    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    Post Thumbnail

    तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution