
हेटौँडा, ९ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश योजना तथा आयोजनालाई निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
मुख्यमन्त्री थापाले यसअघि प्रदेश सरकारका अन्य मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिसक्नुभएको थियो । स्वास्थ्य समस्याका कारण अन्य मन्त्रीहरूसँगै पद तथा गोपनीयताको शपथ लिन नसक्नुभएकी मन्त्री मगरले गत असोज २ गते मात्रै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
सम्झौतामार्फत मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई निर्धारित समय र गुणस्तरअनुसार कार्यान्वयन गर्ने, बजेटको प्रभावकारी उपयोग गर्ने तथा कार्यसम्पादनलाई परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । मुख्यमन्त्री थापाले प्रदेश सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे पनि नेकपा (एमाले) बाट मन्त्री बन्नुभएका ज्ञानबहादुर तामाङले भने हालसम्म मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन । उहाँ विना विभागीय मन्त्रीका रूपमा रहनुभएको छ ।
कार्यसम्पादन सम्झौतापछि मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता मन्त्री मगरले व्यक्त गर्नुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |