Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
तुलसीपुर

शिक्षकले छोराछोरी सामुदायिक विद्यालयमै पढाउँदा…

दङ्गीशरण गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी सङ्ख्याका हिसाबले अत्यन्त न्यून थियो ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (७ घण्टा अघि)
Post Thumbnail

तुलसीपुर (दाङ), ९ कात्तिकः दङ्गीशरण गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी सङ्ख्याका हिसाबले अत्यन्त न्यून थियो । तर, २०७६ सालमा कक्षा ६ देखि अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयले त्यसयता शैक्षिक क्षेत्रमा सुधार गर्दै हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

हालसम्म यस विद्यालयबाट एसइईका चार वटा ‘ब्याच’का विद्यार्थीहरूले परीक्षा दिइसकेका छन् । परीक्षाको समग्र नतिजालाई हेर्दा एसइईका साथै कक्षा ८ को परीक्षामा पनि पश्चिम दाङकै सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारूले बताउनुभयो । उहाँका अनुसार गत वर्षको एसइई परीक्षामा विद्यालयका ६ जना विद्यार्थीले ‘ए प्लस’ ल्याएका थिए भने ८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउन सफल भएको थियो ।

शिक्षक तथा कर्मचारीहरू विद्यालयप्रति पूर्ण रुपमा जिम्मेवार भएमा सफल भइन्छ भन्ने उदाहरण दिन सफल भएको प्रअ थारूको भनाइ छ । २०७६ सालदेखि नै विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारीका छोराछोरीहरूलाई अनिवार्य रूपमा यही विद्यालयमा पढाउने निर्णय गरेर लागू गरिएको छ । त्यसले गर्दा पनि विद्यालयले यो नतिजा ल्याउन सफल भएको उहाँको भनाइ छ ।

“मेरै छोरीले दुई वर्षअघि यही विद्यालयबाट एसइई दिएकी हुन्”, उहाँले भन्नुभयो, “अन्य सबै कर्मचारीका बालबालिकाहरू पनि यहीँ अध्ययनरत हुनुहुन्छ ।”

विद्यार्थीहरूलाई गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्न विद्यालयमा प्रविधिको प्रयोग गरिएको छ । विद्यालयमा विषयवस्तुअनुसार अध्यापन गराउन तीन वटा स्मार्ट बोर्डको प्रयोग भइरहेको छ । साथै विद्यार्थीहरूको व्यावहारिक सिकाइका लागि एउटा विज्ञान प्रयोगशाला र अध्ययनका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । साथै विद्यालयको आफ्नै चमेना गृह पनि रहेको छ । जहाँबाट खाजा कार्यक्रम सञ्चालन भइरहेको छ ।

शौचालयको समस्या

विद्यालयले केही भौतिक पूर्वाधार र जनशक्तिको भने समस्या खेप्नु परेको छ । विद्यार्थी सङ्ख्या बढ्दै जाँदा भवनहरूको अवस्था तथा शौचालयको भने चरम अभाव देखिएको छ । छात्राका लागि दुई वटा र छात्रका लागि एउटा मात्र शौचालय रहेको छ । जसले गर्दा विद्यार्थीहरुले शौचालय जाँदा लाइन लाग्नुपर्ने अवस्था रहेको छ ।

शिक्षक तथा कर्मचारीहरूका लागि छुट्टै शौचालयको व्यवस्था छैन । हाल सोही विद्यालयमा दुई जना विद्यालय कर्मचारी र १५ जना शिक्षक कार्यरत रहका छन् । अहिले विद्यालयमा ४५० बढी विद्यार्थी अध्ययनरत छन् ।

विक्रम संवत् २०५२ मा स्थापना भएको उक्त विद्यालयलाई २०७६ सालदेखि स्तरवृद्धिको पहल थालिएको थियो । तत्कालीन गाउँपालिकाका शिक्षा समितिका संयोजक वीरबहादुर वलीका अनुसार एक करोड बजेट विनियोजन गरेर भवन निर्माण गरिएको थियो । त्यसपछि कक्षा थप गरेर अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार जहाँ विद्यार्थी, त्यहाँ शिक्षक अभियान थालेर केही शिक्षकहरु पनि थप गरेपछि शिक्षामा सुधार आएको उहाँले बताउनुभयो ।

  • तुलसीपुर
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

    तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

  • Post Thumbnail

    सूचना प्रविधि प्रयोगशाला

  • Post Thumbnail

    निर्वाचन कार्यालयद्वारा तीन हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो

  • Post Thumbnail

    चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

    डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

    Post Thumbnail

    कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

    Post Thumbnail

    कसले सुनिदिने किसानका पीडा ?

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution