
सप्तरी, ९ कात्तिक : नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताउनुभएको छ ।
सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि डा सग्रौलाले नेपालमा परिवर्तनको हरेक आन्दोलनमा सप्तरीका अग्रजहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि बढ्ने छ । कांग्रेसमा युवा, महिला, हरेक वर्गको प्रतिनिधित्व भएकाले अब कांग्रेस बदलिएको छ । कांग्रेसको प्राथमिकता जनताको चाहना रहेकाले महिला, युवा र पछाडि परेको समूदायलाई हरेक तहमा प्रतिनिधित्व गर्न हाम्रो पार्टी प्रतिबद्ध छ ।”


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |