Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

पर्वमा जनतासँग मन्त्री गौतम

पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहनुभयो ।
रासस २२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतबार (२ घण्टा अघि)
पर्वमा जनतासँग मन्त्री गौतम

चितवन, ८ कात्तिक : पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहनुभयो । उहाँले नदी तटीय क्षेत्रका समस्यादेखि गाउँगाउँमा पुगेर जनताको समस्या र गुनासा सुन्नुभयो ।

माडीमा धान काटिरहेका किसानह्रूको खेतमा एकाएक उहाँ पुगेपछि धान काट्दै गरेका किसानहरू दङ्ग थिए । धान पाकेपछि चाडपर्व नभनी धान काटिरहेका किसानलाई भेट्न खेतमै मन्त्री गौतम पुगेपछि उनीहरूले आफ्ना समस्या र गुनासो खेतमा नै मन्त्रीसँग बिसाउन पाए ।

मन्त्री गौतमले माडी र भरतपुरका गाउँ–गाउँमा पुगेर दसैँको मौकामा शुभकामना आदान प्रदानसँगै स्थानीयका समस्या सुन्नुभयो । यस क्रममा भरतपुर र माडीका विभिन्न ठाउँमा पुगेर उहाँले नदी कटानका समस्या, हुलाकी सडक, कृषि उत्पादन, मल बिऊको उपलब्धता र बजार मूल्य जस्ता विषयमा चासो पूर्वक जानकारी समेत लिनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले माडीका किसानका खेतबारीमा पुगेर भेट्नुभयो । त्यहाँका अग्रजसँग आर्शिवाद समेत लिनुभयो । खनालले भन्नुभयो, “मन्त्रीलाई समस्या लिएर काठमाडाँै भेट्न जान चाहेकाहरूलाई गाउँ घरमै भेटेर समस्या तथा गुनासा सुन्नुभयो ।”

मन्त्री गौतमले नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गर्नुभएको थियो । उहाँले भरतपुर महानगरपालिका वडा नं. ३, १६, १७, २६, २७ र २८ का बासीन्दाहरूसँग प्रत्यक्ष भेटघाट गरी अपुरो रहेका तटबन्धनका काम सम्पन्न हुने विश्वास दिलाउनुभयो । स्थानीयले उठाएका जोखिम न्यूनीकरण, तटबन्ध निर्माण र बस्ती सुरक्षा सम्बन्धी माग सुन्नुभयो ।

खनालका अनुसार नदी तटीय क्षेत्रको नारायणगढदेखि काभ्रेघाट, भङ्गेरीथान, ज्ञानेश्वर, सिद्घिगणेश, मझुवा, हिरापुरदेखि गोलाघाटसम्मका स्थानीयको नदीको जोखिमसँगै अन्य समस्याहरू पनि सुन्नुभएको थियो ।

भरतपुर १६ का नन्दप्रसाद भट्टका अनुसार भेटका क्रममा मन्त्री गौतमले नदी तटीय क्षेत्रलाई बचाउने कुरामा आफू गम्भीर रहेको र छिटै तटबन्धनका बाँकी काम सम्पन्न गर्ने बताउनुभएको थियो । सो क्रममा स्थानीयको कतिपय समस्या उहाँले तत्काल समाधानका लागि पहल अघि बढाउनुभएको थियो ।

उहाँले भरतपुर महानगरपालिका वडा नं. ९, १३ लगायतका क्षेत्रहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट समेत गर्नुभएको थियो । दसैँको टीका अघि गृह जिल्ला आउनुभएकी गौतमले परिवारसँगभन्दा मतदातासँग धेरै समय बिताउनुभयो । मतदाताका घर घरमा पुग्नुभएकी उहाँलाई कतिपयले भरतपुर १५ स्थित उहाँको निवासमा पुगेर पनि राती अबेरसम्म भेट गरेका थिए । क्रिकेट क्लब कर्णाली याक्सका अध्यक्षसमेत रहनुभएका गौतमका श्रीमान् गृहेन्द्र घिमिरेका अनुसार मन्त्री गौतमको अधिकांश समय आम जनता र कार्यकर्तासँग बितेको थियो । राति अबेरसम्म समस्या लिएर स्थानीय नेता कार्यकर्ता घरमा आइपुगेको उहाँले बताउनुभयो । दिनभरको समय मन्त्री गौतम जनताको घरदैलोमा पुग्ने गरेको घिमिरेको भनाइ छ ।

जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश आचार्यले मन्त्री भेटेर आफ्ना समस्या राख्न चाहेकाहरूलाई निवासमा पनि भेट गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीलाई दसैँमा अरुमा ध्यान थिएन । मतदाताहरू जति सकिन्छ धेरैसँग भेट गर्नु थियो ।” सोहीअनुसार भेट गरेर उहाँ फर्कनुभएको आचार्यले जानकारी दिनुभयो । मन्त्री गौतमका हजुरआमा बितेका कारण आफूले टीका नलगाए पनि शुभकामना आदानप्रदानसहित जनताको माझमा अधिकांश बिदाको समय उहाँले बिताएको आचार्यले बताउनुभयो ।

दसैँको बिदामा मन्त्री गौतमले जिल्ला आउनुभएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेट गराउनुभएको थियो । गौतम चितवन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ निर्वाचित भएसँगै माडी जाने हुलाकी सडकको निकुञ्ज क्षेत्रमा कालोपत्रे सडकको प्रक्रिया अघि बढेको छ । नारायणीमा बाँकी तटबन्धनका काम अघि बढेका छन् । यस्तै माडी लगायतका क्षेत्रमा पुल, सडकलगायतका विकास निर्माणका काम अघि बढेका छन् ।

  • चितवन
  • प्रतिनिधिसभा
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    ‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

  • ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

    ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • Post Thumbnail

    ‘राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ’

  • आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

    Post Thumbnail

    सूचना प्रविधि प्रयोगशाला

    Post Thumbnail

    ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

    घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

    घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution