Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ । सोे अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ । सोे अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन् । सार्वजनिक चासोका २० वटा पुराना मुद्दाको सफल अनुसन्धान गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

आर्थिक अपराधका १६ र सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा एक जना पक्राउ परेका छन् । बाँके प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फछ्र्योटलाई पनि प्राथमिकता दिएको छ ।

सार्वजनिक चासोका २० मुद्दाको सफल अनुसन्धान गरिएको छ । चालु मुद्दामा प्रतिवादीका रूपमा रहेका १७९ जनालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो । अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ । यस क्रममा ७० जना पक्राउ परेका छन् । उनीहरूबाट कार्यान्वयन हुनुपर्ने फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरुपणमा पनि प्रहरीले काम गरेको छ । गत असोज महिनामा यस प्रकृतिका १०६ उजुरी प्राप्त भएका छन् । तीमध्ये ९३ वटा फछ्र्योट भएका छन् भने १३ फछ्र्योट हुन बाँकी छन् ।

गत असोज महिनामा महिला १२, बालिका १४, बालक ११, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष एक जना हराएकामा हराएकामध्ये महिला १६, बालिका १३, बालक छ, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष दुई जना फेला परेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

  • पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

  • विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

    विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

  • Post Thumbnail

    राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

    पर्वमा जनतासँग मन्त्री गौतम

    पर्वमा जनतासँग मन्त्री गौतम

    Post Thumbnail

    बैतडीमा भूकम्प

    ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

    ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution