Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
तुलसीपुर

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ८, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

तुलसीपुर (दाङ), ७ कात्तिकः दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताउनुभयो । “अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ ।”

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले त्यो मेसिन मर्मत नहुँदा त्यो सेवा पनि प्रभावित रहेको मेसु डा नोहाले जानकारी दिनुभयो ।

त्यस्तै हेमोडायलासिस सेवामा पनि चरम सङ्कट देखिएको छ । अस्पतालसँग भएका १६ डायलासिस मेसिनमध्ये हाल नौ मात्र सञ्चालनमा छन् । बाँकी बिग्रिएका छन् । यसका कारण विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामीले पालो कुरिरहेको उहाँले बताउनुभयो । यी समस्याले गर्दा अस्पतालमा सेवा प्रभावमा केही असज भएको उहाँले बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको जानकारी दिनुभयो । हाल अस्पताल १४१ श्ययामा सञ्चालित भए पनि यसले सञ्चालनको अनुमति भने ५० शैयाको छ ।

  • तुलसीपुर
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

  • Post Thumbnail

    अफ्रिकामा फैलिँदै इबोला

  • Post Thumbnail

    चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन

  • Post Thumbnail

    प्रहरीका निःशुल्क बस सेवाबाट तीनभन्दा बढी यात्रु लाभान्वित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

    Post Thumbnail

    ‘अटो रिक्सा’ सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज

    Post Thumbnail

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

    जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution