
जनकपुर, ६ कात्तिक : प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौनदुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतोलाई पक्राउ परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० मा एक बालिका र एक युवकमाथि दुव्र्यवहार गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । आरोपितहरूले पीडितलाई घेरा हाली भिडियो बनाउनुका साथै उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएका थिए ।
उनीहरूले अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत रु छ हजारसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |