Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

जीप सफारीमा बन्दीपुर घुम्न कि

चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), ६ कात्तिकः चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो ।

प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । मौसम अनुकूल हुँदै जाँदा यहाँ घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।

होटल व्यवसायी किसान प्रधानका अनुसार बन्दीपुरमा पर्यटनको सिजन सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढेको छ । पर्यटकीय गतिविधि बढ्न थालेपछि होटल व्यवसायमा चहलपहल थपिएको छ । बन्दीपुरको मौलिक पहिचान, प्राकृतिक आकर्षण र सांस्कृतिक विशेषताले पर्यटकलाई यहाँ आकर्षित गर्ने गरेको उहाँको भनाइ छ ।

बन्दीपुर बजारको परम्परागत स्वरूप, ढुङ्गा छापिएका सडक, पुराना घर तथा स्थानीय जीवनशैली पर्यटकका लागि आकर्षणका विषय हुन् । बजार घुमघामसँगै पर्यटकले यहाँको संस्कृति, खानपान र स्थानीय रहनसहन नजिकबाट बुझ्ने अवसर पाउँछन् ।

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

बन्दीपुर बजारमा मात्र सीमित नभई विदेशी पर्यटक आसपासका ग्रामीण बस्ती घुम्नसमेत रुचाउने गरेका छन् । बन्दीपुरमा जीप सफारी सञ्चालन गर्दै आउनुभएका वसन्त पौडेलले विदेशी पर्यटकलाई रामकोट गाउँसम्म पु¥याएर त्यहाँको ग्रामीण जीवनशैली र संस्कृति अवलोकन गराउने गर्नुभएको छ ।

मगर समुदायको बसोबास रहेको रामकोट गाउँमा पुग्ने पर्यटक स्थानीय रहनसहन, मौलिक संस्कृति, प्राकृतिक वातावरण र गाउँलेको आतिथ्यबाट प्रभावित हुने गरेको पौडेल बताउनुहुन्छ । सहरको व्यस्त जीवनशैलीभन्दा फरक ग्रामीण परिवेश, स्थानीय समुदायको सरल व्यवहार र आत्मीय सत्कारले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँमा पुगेर स्थानीयको दैनिक जीवन, परम्परा र संस्कृतिबारे बुझ्न पाउँदा पर्यटकले फरक अनुभव हासिल गर्ने गरेका छन् । जीप सफारीले बन्दीपुर बजारबाट आसपासका ग्रामीण बस्तीमा पुग्न सहज बनाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याएको छ ।

ग्रामीण पर्यटनबाट स्थानीय पहिचानको प्रवर्द्धन

बन्दीपुरको पर्यटन आकर्षण बजार र दृश्यावलोकनमा मात्र सीमित छैन । आसपासका गाउँमा रहेका मौलिक संस्कृति, परम्परा, स्थानीय जीवनशैली र प्राकृतिक वातावरण पनि पर्यटनका महत्त्वपूर्ण आधार बन्दै गएका छन् ।

रामकोटजस्ता गाउँमा पर्यटकको आवागमन बढ्दा स्थानीय समुदायको संस्कृति र पहिचानलाई बाह्य पर्यटकमाझ चिनाउने अवसर मिलेको पौडेलले बताउनुभयो । पर्यटनको सिजन सुरु भएसँगै बन्दीपुरमा बढेको पर्यटक चहलपहलले होटल व्यवसायी, यातायात सञ्चालक तथा पर्यटनसँग जोडिएका अन्य व्यवसायीमा उत्साह थपेको छ ।

बन्दीपुरमा स्वदेशी पर्यटकका अलवा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रीस र अर्जेन्टिनाका पर्यटक आउने गरेका छन् ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

  • तनहुँ
  • दमौली
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

  • Post Thumbnail

    यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

  • Post Thumbnail

    पाटनको अष्टमातृका नाच सम्पन्न

  • Post Thumbnail

    पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तीर्थाटनका लागि सभापति लामिछाने भारततर्फ

    तीर्थाटनका लागि सभापति लामिछाने भारततर्फ

    बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा :
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

    बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

    Post Thumbnail

    थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

    Post Thumbnail

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution