
महेन्द्रनगर, ६ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुदै आज भारत प्रस्थान गर्नुभएको छ ।
सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा)को दर्शन गर्ने कार्यक्रम रहेको छ ।
तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद दीपकराज बोहराले जानकारी दिनुभयो ।
सभापति रविसँगै पत्नी निकिता पौडेल, प्रतिनिधिसभा सदस्य बोहरा भ्रमण टोलीमा हुनुहुन्छ । टोलीलाई गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएको छ । धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति लामिछानेले असाध्यै व्यक्तिगत भ्रमणका क्रममा भारत जान लागेको बताउनुभयो । “पहिलेदेखि नै जाउँला भन्ने थियो । यो धार्मिक भ्रमण हो । कुनै राजनीतिक भेटघाट छैन,” उहाँले भन्नुभयो । कारागारमा हुँदा गरेको भाकल पुरा गर्न जाँदैछु । मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु ।”

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |