Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

यसवर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो

दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ६ कात्तिकः दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले घटेको छ । यसले चाडपर्वका समयमा सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी भएको देखाएको ट्राफिक प्रहरीको भनाइ छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्गे्र सवारीसाधनसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेका छन् ।

प्रवक्ता सुवेदीले ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध रूपमा काम गरेकाले सडक सुरक्षामा सुधार आएको बताउनुभयो । यातायात व्यवसायी, मजदुर तथा सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकलाई सुरक्षित यात्रा गर्न सहज भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध तवरले काम गर्दा सडक सुरक्षित भएको छ । यातायात व्यवसायी, मजदुर साथीहरू र सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकले सुरक्षित यात्रा गरिरहेका छन् ।”

दुर्घटना भइराखेको अवस्थामा तत्काल उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था गरिएकाले घाइतेको ज्यान बचाउन सहयोग पुगेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो । उहाँका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक सहित जनपथ प्रहरीले नियमित सुरक्षा जाँच, अनुगमन तथा संयुक्त जाँचलाई प्रभावकारी रूपमा सञ्चालन गरेको थियो ।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने र चालकको लापरबाही तथा तीव्र गतिका कारण दुर्घटनाको जोखिम रहने भएकाले ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो । विभिन्न स्थानमा गरिएको जाँच, निगरानी तथा प्रहरी परिचालनले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको ट्राफिक प्रहरीको भनाइ छ ।

यस वर्ष दसैँका समयमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आउनु सकारात्मक पक्ष भए पनि तीव्र गति र दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटनाले सडक सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखाएको छ । ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित रूपमा सवारीसाधन चलाउन आग्रह गरेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा :
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

    बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

  • Post Thumbnail

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

  • Post Thumbnail

    दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा :
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

    बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

    Post Thumbnail

    थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

    Post Thumbnail

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

    विचारः पठन संस्कृतिको पुनर्जागरण

    विचारः पठन संस्कृतिको पुनर्जागरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution