
काठमाडौँ, ५ कात्तिकः बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गोरखाकै आरुघाट गाउँपालिका–१ नयाँपुलस्थित सडकमा बाढीका कारण यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालनमा रहेका छन् । यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–५ ओइलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ ।
प्रहरीका अनुसार विपद्का कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । सम्बन्धित सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |