Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

राष्ट्रिय समाचार समिति (रासस)
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (१ दिन अघि)
Post Thumbnail

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ, ४ कात्तिकः प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रुप प्रदान गर्ने बताउनुभएको छ ।

नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गर्नुभएको छ ।

सभामुख अर्यालले जारी गर्नुभएको शुभकामना सन्देशमार्फत दशैंको अवसरमा विश्वभरी रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायू एवं निरन्तर प्रगतिको लागि हार्दिक र मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

“जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरुप समयसापेक्ष जनमैत्री कानून निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशिल र प्रतिवद्ध छ”, शुभकामना सन्देशमा भनिएको छ, ।

उहाँले विजय दशमीको यस सुखद् घडीमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना पनि गर्नुभएको छ । उहाँले विजयदशमीले समस्त नेपाली जनहरुमा नवीन् ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको संकल्प पैदा गरोस् भन्ने दृढ विश्वास पनि व्यक्त गर्नुभएको छ ।

सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा दशैंलाई दूराचारमाथि सदाचारको जीत र असत्यमाथि सत्यको विजय प्रतिकका रुपमा मनाइने उल्लेख गर्नुभएको छ । यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको सुमार्गमा हिड्ने प्रेरणा प्रदान गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

ऐतिहासिक पहिचान बोकेको बडा दशैं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेसँगै शुभारम्ध गरी सप्तमी, अष्टमी र नवमीसम्म नवदुर्गा भवानीको पूजा आराधना पश्चात दशमीको दिनमा भवानीको प्रसाद स्वरुप मान्यजनहरुको हातबाट पवित्र टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

  • काठमाडौँ
  • प्रतिनिधिसभा
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछः मुख्यमन्त्री भट्ट

  • उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • Post Thumbnail

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

  • Post Thumbnail

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    Post Thumbnail

    यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution