
काठमाडौँ, ३ कात्तिकः बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।
दशैंको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको आकर्षक सजावटले वातावरणलाई थप रमणीय बनाएको छ । साँझपख झिलिमिली बत्ती हेर्न, तस्बिर खिच्न तथा परिवार र आफन्तसँग समय बिताउन आउनेको चहलपहल बढेको छ । ज्ञानेश्वर ओरालोदेखि मैतीदेवी मन्दिर हुँदै पुरानो प्रहरी बिटसम्म सडकमाथि र दायाँबायाँ बिजुलीको झिलीमिली सजाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मैतीदेवी मन्दिरमा दसैँका बेला विशेष चहलपहल हुने गर्दछ। भक्तजनले मन्दिरमा पूजाआजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |