Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), २ कात्तिकः जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् ।

गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो ।

“महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छाँै”, अध्यक्ष शाहले भन्नुभयो, “यो वर्षको दसैँ–तिहारमा एक हजार ५०० खसी–बोका बिक्री गर्ने लक्ष्य रहेको छ ।”

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसी–बोका उत्पादनमा वृद्धि भएको अध्यक्ष शाहको भनाइ छ । किसान महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

गाउँमा महिला समूहमा आबद्ध हुनेहरूले घरमा पालेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनीहरु मुक्त भएको अध्यक्ष शाहले बताउनुभयो ।

यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँ–तिहारमा उल्लेख्य सङ्ख्यामा खसी बोका बिक्री गरेर चाडपर्व मनाउने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताउनुभयो ।

विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसी–बोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसी–बोका बिक्री हुँदै आएका छन् ।

प्रबन्धक गुरुङका अनुसार अन्य समयमा भन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको छ । हाल सहकारी आबद्ध किसानसँग रु ६०० प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु ५० प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार ५० किसान महिला सदस्य रहेकामा करिब छ सयले बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसी–बोका तथा बाख्रापालनका लागि ऋण पनि उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताउनुभयो ।

  • काठमाडौँ
  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, मङ्गलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

  • Post Thumbnail

    राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

  • सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

    सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

  • Post Thumbnail

    एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

    तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

    तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

    Post Thumbnail

    विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित

    Post Thumbnail

    महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, मङ्गलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution