
सुनसरी, २ कात्तिकः दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्सजाँच तथा खानतलासी गर्दा एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान भइरहेको छ भने एम्बुलेन्स छाडेर भागेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |