Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार (१ दिन अघि)
Post Thumbnail

चितवन, २ कात्तिकः चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । उहाँले भन्नुभयो “अहिले संम्बेदनशिल क्षेत्रहरुमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ ।” चोरी शिकारीका हिसावले जोखिम रहेका क्षेत्रहरुमा स्पाई क्यामेरा सहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरु गरिने उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी मगरका अनुसार बिगतमा हुने गरेका नियमित गस्ति सहित स्विपिङ्, पट्रोलीङ्, साईकल गस्ति, मोटरसाईकल गस्ति, बोट, गाडी र हात्तीबाट गस्ति गरिने छ । चार्डपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी शिकारीका बढी सम्बेदनशील मानिने गरिन्छ । सम्बेदनशील क्षेत्रहरुमा ‘लिङ्क पट्रोलीङ्’ लगायतका कामहरु भईरहेको छ । चुरे क्षेत्रमा समेत चोरी शिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाईएको छ ।

निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र ३ अस्थायी पोष्टहरुबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझै चुस्त वनाउँदै स्थानीय संगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ । शंकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ । आबश्यकता अनुसार अन्य सुरक्षा निकाय संग समेत समन्वय गरेर निकुन्ज क्षेत्रमा रहेका बस्तिहरुमा समेत तदारुपता वढाइएको उहाँले जानकारी दिनुभयो ।

  • चितवन
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह  गर्दै उद्यमी पन्त

    साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

  • Post Thumbnail

    फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

  • Post Thumbnail

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

  • बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

    Post Thumbnail

    जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

    तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

    तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

    Post Thumbnail

    सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution