Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौं

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि र यसलाई अन्तराष्ट्रिय समुदायले गरेको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव)का रुपमा स्थापित गर्ने आधारशिला तयार गरेको छ ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार (९ घण्टा अघि)
नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं, २ कात्तिक : आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि र यसलाई अन्तराष्ट्रिय समुदायले गरेको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव)का रुपमा स्थापित गर्ने आधारशिला तयार गरेको छ । यो आधारशिलाको अनुपम उदाहरण नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले विदेशी नागरिकहरुलाई समेत प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा तथा विभिन्न देशमा सञ्चालन गर्ने निःशुल्क आँखा उपचार सेवा हो । सङ्घको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रहरु आवद्ध छन् ।

ती अस्पताल तथा उपचार केन्द्रका उत्कृष्ट सेवाका कारण आँखाको उपचारका लागि कि काठमाडौँ अथवा सीमापारी धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । पछिल्लो समय सीमापारिबाट आँखाका बिरामी उपचारका लागि नेपाल आउँदछन् । उनीहरूका लागि नेपाली आँखा अस्पताल दृष्टि जोगाउने भरोसाको केन्द्र बन्दै गएको छ । नेपाली नेत्र चिकित्सकको अब्बल दक्षता, आँखा स्वास्थ्यमा भित्रिएका नवीनत उपकरण,गुणस्तरीय सेवालाई सङ्घमा आवद्ध ती अस्पताल र केन्द्रले अधिकतम् उपयोगमा ल्याएका छन् । यही विश्वास र भरोसाका कारण अहिले नेपालको आँखा स्वास्थ्य क्षेत्रका लागि नयाँ सम्भावना बनेको छ ।

अर्काेतर्फ आँखामा उज्यालो फर्काउने यही सेवाले देशको अर्थतन्त्रमा समेत योगदान पु¥याउन थालेको छ । सङ्घका प्रमुख वित्त अधिकृत सीए देवराज पन्तले भन्नुभयो, “नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान पु¥याउन थालेको छ । विदेशी बिरामीहरु नेपालको आँखा अस्पतालमा उपचार गर्न आउनेक्रम बृद्धि भैराखेको छ । उनीहरुबाट प्राप्त हुने आम्दानीले नयाँ सम्भावनालाई पनि उजागर गरेको छ ।”

उहाँका अनुसार नेपाल नेत्रज्योति संघको सञ्जालभित्रका ती अस्पताल तथा केन्द्रहरूले आर्थिक वर्ष २०८२/ ८३ मा विदेशी बिरामीलाई उपचार सेवा दिएवापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएका छन् । उहाँले भन्नुभयो,“ यो केवल एउटा आर्थिक तथ्याङ्क होइन, नेपाली स्वास्थ्य सेवाले अन्तरराष्ट्रिय स्तरमा कमाउँदै गएको विश्वासको उत्कृष्ट नमुना पनि हो । गुणस्तरीय आँखा स्वास्थ्य सेवा वापत यो मुद्रा भित्र्याउनु प्रचुुर संभावनाको ढोका खोल्नु हो । ” प्रमुख वित्त अधिकृत सीए पन्तका अनुसार विदेशी बिरामीबाट प्राप्त हुने आम्दानीले आँखा स्वास्थ्य सेवाको आर्थिक सम्भावनालाई पनि उजागर गरेको छ ।

गुणस्तरीय सेवाको प्रत्याभूतले निर्माण गरेको जनविश्वास

उपचारका लागि आउने विदेशी बिरामीमध्ये बढी भारतबाट आउने गर्दछन् । यसैगरी बङ्गलादेश, भुटान सहित अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालको सेवा लिइरहेका छन् । बिरामीका आफन्तले उपचारका लागि आफ्नो बिरामीलाई अर्काे देश लैजानु भनेको सामान्य कुरा होइन । उपचारको गुणस्तरीय, चिकित्सकप्रतिको विश्वास, लागत , पुहुँच, सेवा प्राप्त गर्ने अवधि, बिगतमा बिरामीको अनुभव र आर्थिक लगायतका पक्षलेहरुले यस्तो निर्णयमा अहं भूमिका निर्वाह गर्दछ ।

संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार आव २०८२÷८३ सम्ममा नेपाली नागरिक तथा अन्य विदेशी देशका नागरिक गरी कूल पाँच करोड दुईलाख ४८९ आँखाका बिरामीलाई सङ्घमा आवद्ध ती आँखा अस्पताल तथा केन्द्रले उपचार सेवा प्रवाह गरिसकेका छन् भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । उहाँले भन्नुभयो,“ अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण , शल्यक्रियाको राम्रो नतिजा, बिरामीको सेवा, तुलनात्मक रुपमा छाटो प्रतिक्षा अवधि र सर्वसुलभ उपचार खर्चका कारण नेपालको आँखा उपचार अब्बल बन्दै गएको हो । यसै कारण सीमावर्ती क्षेत्र सहित विभिन्न देशका आँखाका बिरामी नेपाली आँखा अस्पतालमा सेवा लिन रुचाइरहेका छन् ।”

एउटाविदेशी बिरामीबाट हुने आर्थिक योगदान अस्पतालको बिलमा मात्र सीमिति हुँदैन । विदेशी बिरामीले उपचार शुल्कबाहेक होटल, यातायात, खाना, औषधि र स्थानीय बजारमा पनि खर्च गर्न सक्दछन् । उनीहरूसँग आउने परिवारका सदस्य तथा सहयोगीले गर्ने खर्चले समेत विभिन्न व्यवसायमा आर्थिक गतिविधि बढाउन सक्छ । कतिपयले उपचारसँगै नेपालका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणसमेत गर्न सक्छन् । यसरी स्वास्थ्य पर्यटनले अस्पतालबाहिरका व्यवसाय र रोजगारीमा पनि योगदान पु¥याउन सक्ने सम्भावना छ ।

अन्धोपन न्यूनीकरणमा नेपालको आफ्नै अभ्यास

नेपालबाट रोकथाम तथा उपचार गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने ध्येयले नेपाल नेत्रज्योति संघको स्थापना विसं २०३५ मा भएको थियो । तत्कालीन समयमा विशेषज्ञ आँखा उपचार सेवा सीमित क्षेत्रमा केन्द्रित थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि उपचार प्राप्त गर्न कठिन थियो । सङ्घका अनुसार त्यसपछि अस्पताल तथा आँखा उपचार केन्द्र विस्तारसँगै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया र विभिन्न विशेषज्ञ सेवा विस्तार भएका छन् । समुदायमै पुगेर आँखा परीक्षण गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई अस्पतालसम्म पठाउने अभ्यासले सेवा आम नागरिकको पहुँचमा पु¥याउन योगदान गरेको छ ।

नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर करिब ०.२८ प्रतिशतमा आएको तथ्याङ्कले यस क्षेत्रमा भएको प्रगति देखाउँछ । सन् २०३० सम्म यो दरलाई ०.२० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ। दृष्टि जोगिनु व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएकाले यस उपलब्धिको सामाजिक महत्त्व पनि उत्तिकै छ ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार, संस्थाको मूल उद्देश्य सबै नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यही सामाजिक उत्तरदायित्वलाई कायम राख्दै सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचान बढ्नुका साथै देशको आर्थिक गतिविधिमा समेत योगदान पुग्न सक्छ । उहाँले भन्नुभयो, “अब आँखा स्वास्थ्य पर्यटनको सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सरकारले स्वास्थ्य पर्यटनसम्बन्धी स्पष्ट नीति बनाउन, अस्पतालको पूर्वाधार तथा प्रविधिमा लगानी बढाउन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्न र विदेशी बिरामीका लागि उपचार प्रक्रिया सहज बनाउन आवश्यक छ । स्वास्थ्य संस्थाबीच सहकार्य र अन्तर्राष्ट्रिय प्रवद्र्धन विस्तार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । ”

नेपालको आँखा स्वास्थ्य सेवा केवल रोगको उपचार र दृष्टि पुनःस्थापनामा सीमित छैन । यसले मानवीय सेवा, अन्तर्राष्ट्रिय विश्वास र आर्थिक सम्भावनालाई एकै ठाउँमा जोडेको छ । सामाजिक उत्तरदायित्वलाई कायम राख्दै गुणस्तरीय सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य क्षेत्र आर्थिक समृद्धि र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार बन्न सक्छ । –––

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

  • Post Thumbnail

    मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

  • Post Thumbnail

    सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

  • दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

    दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

    Post Thumbnail

    कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

    भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

    भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

    Post Thumbnail

    बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution