Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (१ दिन अघि)
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ, १ कात्तिकः हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।

विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै रङ्गीन र चहलपहलपूर्ण देखिन्थेपरम्परागत शैलीमा घर पोत्ने चलन अहिले लगभग लोप भइसकेको छ । सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ लगाइएका घर बढेसँगै दसैँको आगमनसँग जोडिएको गाउँको त्यो पुरानो रौनक पनि हराउँदै गएको छ ।

विगतमा दसैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरो खोजेर ल्याउने, घरका भित्ता पोत्ने, ढोका–झ्यालमा रँगाउने र बाटाघाटा सफा गर्ने चटारो हुन्थ्यो । गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउने चलन दसैँको तयारीसँगै जोडिएको थियो । केही वर्षदेखि लमजुङका गाउँबस्तीमा यो परम्परा क्रमशः हराउँदै गएको छ ।

आधुनिक घर निर्माण, सिमेन्टको प्रयोग, बजारमा पाइने रङको बढ्दो चलन र बसाइँसराइका कारण रातो माटो र कमेरोले घर पोत्ने परम्परा कमजोर बन्दै गएको स्थानीय बताउँछन्। कुनै समय गाउँका घरलाई दसैँका लागि नयाँ रूप दिने र छरछिमेकबीच सहकार्य बढाउने यो चलन अहिले विरलै देखिन थालेको छ ।

बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीलाई दसैँअघि गाउँमा हुने पुरानो चहलपहल अझै सम्झना छ। उहाँका अनुसार पहिले गाउँलेहरू आधा घण्टादेखि एक घण्टासम्म पैदल हिँडेर जङ्गलनजिकका ठाउँमा पुग्थे र घर पोत्न रातो माटो खनेर ल्याउँथे। त्यसपछि घरका भित्ता रातो माटो र कमेरोले पोत्ने, ढोका–झ्यालमा कालो रङ लगाउने तथा बाटोघाटो सफा गर्ने गरिन्थ्यो ।

घर पोत्ने काम घरधनीको मात्र जिम्मेवारी हुँदैनथ्यो । गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउँथे । घरमा वृद्धवृद्धा मात्रै रहेका वा आफैँले घर पोत्न नसक्ने परिवारलाई छिमेकीले माटो ल्याइदिने र आवश्यक सामग्री जुटाउन सहयोग गर्ने चलन थियो । पहिलेको जस्तो आपसी सहयोग र सहकार्य कमजोर हुँदै गएको तिवारीको अनुभव छ ।

रोजगारी तथा अन्य अवसरको खोजीमा परिवारका सदस्य गाउँबाहिर जाने क्रम बढेको, कतिपय घर खाली रहेको र कतिपयमा वृद्धवृद्धा मात्रै बस्ने गरेकाले गाउँको पुरानो चहलपहल घटेको उहाँले बताउनुभयो ।

तिवारीको आफ्नै घरमा पनि यो परिवर्तन देखिएको छ । उहाँका अनुसार २०७२ सालको भूकम्पअघि उहाँको घर परम्परागत शैलीको थियो र त्यसमा रातो माटो तथा कमेरो पोत्ने गरिन्थ्यो । भूकम्पपछि नयाँ घर निर्माण गर्दा पुरानो बनावट कायम नरहेकाले अहिले पहिलेझैँ घर पोत्ने अवस्था नरहेको उहाँले बताउनुभयो।

दोर्दी गाउँपालिका–४, नौथरसेराका लक्ष्मण गुरुङका अनुसार पुराना घरको सङ्ख्या घट्दै जानु र नयाँ घरमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्नुले यो परम्परा हराउँदै गएको हो। पहिले गाउँका धेरैजसो घरमा रातो माटो र कमेरो पोतिने गरे पनि अहिले पुराना घरमा समेत सिमेन्टको प्लास्टर गर्ने चलन बढेको उहाँले बताउनुभयो ।

बेँसीसहर नगरपालिका–३, गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने परम्परा कायम छ। लमजुङ दरबारनजिकै रहेको गाउँसहरका केही स्थानीयले परम्परागत शैलीमा घर पोतेर गाउँबस्ती सफा र आकर्षक राख्ने अभ्यासलाई निरन्तरता दिँदै आएका छन् ।

स्थानीय सुरेश श्रेष्ठका अनुसार गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने गरिन्छ । आधुनिक घर निर्माण बढ्दै जानु र पुराना घर भत्काएर नयाँ संरचना बनाउने क्रमले यो परम्परा पनि क्रमशः हराउने जोखिम बढेको उहाँले बताउनुभयो ।

रातो माटो र कमेरोले घर पोत्ने चलन घर सजाउने तरिका मात्रै थिएन । यसमा स्थानीय स्रोतसाधनको प्रयोग, परम्परागत सीप र छरछिमेकबीचको सहकार्य जोडिएको थियो । दसैँअघि गाउँलेहरू मिलेर गर्ने कामले सामूहिकता र आपसी सहयोगलाई पनि बलियो बनाउँथ्यो । बदलिँदो ग्रामीण जीवनशैलीसँगै यो अभ्यास कमजोर हुँदा गाउँका भित्ताबाट रातो माटो र कमेरोको रङसँगै चाडपर्वमा मिलेर काम गर्ने पुरानो परम्परा पनि लोप भएको छ ।

  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

  • दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

    दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

  • Post Thumbnail

    बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

  • दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

    राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

    Post Thumbnail

    एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

    Post Thumbnail

    कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

    भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

    भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution