Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
घोराही

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ । दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

घोराही (दाङ), १ कात्तिक ः दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ । दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो । दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ ।

घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि नै यो नाच सुरु भएको सोही ठाउँका स्थानीय रामप्रसाद चौधरी बताउनुहुन्छ । अन्य थारू बस्तीमा पनि कतिले सुरु गरिसकेका छन् भने कतिले सुरु गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ । सख्या नाच थारू समुदायमा मात्र नाचिने मौलिक र सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो । सख्या नाच प्रायः हरेक वर्षको दसैँको अगाडि कृष्णाअष्टमी अटवारी पर्वपछि सुरु भई तिहारसम्म नाचिने संस्कृति रहेको उहाँ बताउनुहुन्छ ।

स्थानीय लक्षिमा चौधरी पछिल्लो समय नाच सुरु हुने र अन्त्य हुने समय ठाउँअनुसार भने फरक फरक हुने गरेको बताउनुभयो । यो नाच महिलाहरू दुई समूहमा विभाजन भएर नाचिन्छ भने मादलेमा पुरुषहरू हुन्छन् । नाच हरेक साँझ ०६ः००–०७ः०० बजेदेखि राति १०ः००–११ः०० बजेसम्म बरघर अर्थात् गाउँका महतवाको आँगनमा नाच्ने चलन रहेको उहाँको भनाइ रहेको छ ।

थारू अगुवा बुद्धि चौधरीका अनुसार सख्या पैयाँ नाच सुरु हुनभन्दा अगाडि अगुवा मादले र पछुवा मादलेले विशेष किसिमको देवीदेवतालाई सम्झेर भिन्न तालमा मादल बजाउनुपर्छ । जसलाई ‘झ्वाङ मर्ना’ या ‘ट्रासन मर्ना’ भनिन्छ । त्यसपछि नाच सुरु हुन्छ । नाचमा उपस्थित युवायुवती, महिला सबैले मादलको तालमा पैयाँ नाच नाच्छन । फरक फरक ढङ्गले नचाउन सकिने पैयाँ नाच दर्जनौँ किसिमका हुन्छन् । मादलको तालमा सामूहिक रूपमा मुजुरा बजाउँदै आङ्गिक अभिनय, खुट्टाको ताल मात्र मिलाएर नचनीहरू नाच्दछन् ।

यस्तो पैयाँ नाच बीचबीचमा नाचिन्छ भने मूल गीतमा भने दुई समूहमा बाँडेर मादलको तालमा दुबै टोलीका नचनीहरू पालैपालो गीत गाउँदै नाच्ने गरिने उहाँको भनाइ रहेको छ । तर पछिल्लो समय यस्ता परम्परागत विधि पूरा गर्न भने छाड्दै गएको थारू अगुवा चौधरी बताउनुहुन्छ । थारू समुदायको मौलिकतासँग जोडिएको यस्तो नाच नाच्न भने नयाँ पुस्ता अग्रसर नहुने गरेको देखिएको छ । यसका कारण पुस्तान्त्रण हुन आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।

  • घोराही
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

  • उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

  • Post Thumbnail

    फ्रान्समा महँगीविरुद्ध जनआक्रोश, देशभर प्रदर्शन

  • Post Thumbnail

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    Post Thumbnail

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    Post Thumbnail

    कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution