Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (२ घण्टा अघि)
सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौँ, ३१ असोजः नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको स्पष्ट पारेको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद त्यो कठिन घडीमा नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखि गरिएको खोज, उद्धार, राहत र स्थानान्तरणमा सुरक्षा फौज समन्वयका साथ सक्रिय रूपमा परिचालित थियो ।

रसुवाबाढीपछि प्रभावित क्षेत्रको अवस्थाको स्मरण गराउँदै सेनाले लेखमार्फत उपलब्ध गराएको विवरणमा भनिएको छ– “जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको छ ।”

‘समर्पणले नागरिकमा भरोसा जगाएको छ’

भदौ १० गते भोटेकोशीको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाको कार्य जारी रहेकै अवस्थामा असोजमा भएको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम थप बढायो । बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायत जिल्लामा जनधनको क्षति भयो । बाढी र पहिरोबाट सडक तथा पुलमा क्षति पुग्दा स्थानीय बासिन्दा र पर्यटकको आवागमनसमेत प्रभावित भयो । विपद्को त्यस्तो कठिन घडीमा नागरिकको जीवन रक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै सेना तत्काल खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रिय रूपमा परिचालित थियो ।

प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद नेपाली सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित हजारौँ सैनिकलाई चौबिसै घण्टा परिचालन गरी विपद् प्रतिकार्यलाई तीव्रता दियो । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई साधनमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याइएको थियो । सडक अवरुद्ध भएका स्थानमा उद्धार तथा सडक पुनः सञ्चालनका लागि प्रयोग गरिने मेसिनमा इन्धन आपूर्ति गर्न ड्रोनको प्रयोगसमेत गरिएको थियो । यसले बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने नेपाली सेनाको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको छ ।

यसैक्रममा मनाङको चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालनमा ल्याउन सेना सक्रिय रह्यो । अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्नुका साथै बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गराउने कार्यमा समेत सेनाले योगदान पुर्‍याएको थियो । त्यस्तै, नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका पर्यटकहरूको शव हवाई माध्यमबाट उद्धार गर्ने कार्यमा सहयोग गरी मानवीय दायित्व निर्वाह गरेको छ ।

असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारमा समेत सेना तत्काल परिचालित भयो । एमआई–१७ सहित चारवटा हेलिकप्टर तथा स्थलमार्गबाट परिचालित उद्धार टोलीले विभिन्न प्रभावित क्षेत्रबाट विदशीसहित एक हजार १०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्‍यो । बाढीबाट प्रभावित स्थानीयवासीका घरमा डुबानमा परेका सामान सुरक्षित रूपमा निकाल्न सहयोग गर्नुका साथै सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरियो । बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी आवागमन पुनः सञ्चालन गर्ने तयारी अघि बढाउनु पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन नेपाली सेनाले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकामध्ये एक हो । यसअघि भोटेकोशी बाढीबाट क्षति पुगेको सडक सुचारु गर्न देविघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोबृज जडान गरी रसुवालाई विच्छेद भएको सडक सञ्जालसँग जोड्ने कार्यमा सहयोग पुर्‍याएको छ ।

सेनाका यी प्रयासहरू खोज, उद्धार र राहत वितरणमा मात्र सीमित छैनन् । विपद्मा परेका नागरिकको जीवन रक्षा, आधारभूत आवश्यकताको परिपूर्ति, सुरक्षित आवागमनको व्यवस्था तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्‍याउनु यसका महत्त्वपूर्ण पक्ष हुन् ।

जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको छ ।

विपद् व्यवस्थापन सम्बद्ध सबै निकायहरूको समन्वय र सहकार्यबाट मात्र प्रभावकारी हुन सक्दछ । नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय तह तथा समुदायबीच स्थापित समन्वय र सहकार्यले खोज, उद्धार, राहत वितरण र तत्कालको पुनर्निर्माण कार्यलाई थप प्रभावकारी बनाएको छ । अन्य सुरक्षा निकाय तथा सम्बद्ध सरोकारवालाहरूको एकीकृत प्रयासले विपद् प्रभावित नागरिकलाई समयमै सहायता पुर्‍याउन र जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको हो । भौगोलिक अवस्था, सिमित एयर स्पेस, थुनिएका टनेल र पूर्ण रूपमा बन्द स्थलमार्गजस्ता चुनौतीपूर्ण अवस्थामा पनि विपद् पश्चातको हवाई, जमिनी र टनेल खोज तथा उद्धार कार्य त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न नेपाली सेना सफल भएको छ ।

प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित हुँदा उनीहरूको जीवन रक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो। यस दायित्व निर्वाहमा सेनाले देखाउँदै आएको तत्परता, मानवीय संवेदनशीलता र समर्पणले सङ्कटको समयमा नागरिकमा भरोसा र आशा जगाएको छ। सेवा, सुरक्षा र मानवीय समर्पणलाई मूल भावका रूपमा आत्मसात् गर्दै नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्य निर्वाह गर्न प्रतिवद्ध छ ।

  • काठमाडौँ
  • नेपाली सेना
  • पर्वत
  • मनाङ
  • म्याग्दी
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

  • मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

  • Post Thumbnail

    आरुघाटमा बेलीब्रिज जडान गरिँदै

  • Post Thumbnail

    बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

    Post Thumbnail

    दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

    Post Thumbnail

    पर्यटन विकासको सम्भावना बोकेको बुद्धकालीन रोहिणी सभ्यता ओझेलमा

    Post Thumbnail

    छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution