Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा फूलपातीको दिन आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।
रासस ३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), ३१ असोज : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा फूलपातीको दिन आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । वर्षको नौ दिन नवरात्रका अवधिमा मात्रै खुल्दै आएको उक्त मन्दिर विगत तीन वर्षदेखि भने दैनिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको स्थानीय किसान प्रधानले बताउनुभयो । उहाँका अनुसार यहाँ पूजाआजाका लागि बन्दीपुरका ग्रामीण भेगदेखि छिमेकी पालिकाबाट समेत भक्तजन आएका छन् ।

करिब ६०० वर्षभन्दा पुरानो यस मन्दिर जातीय सहिष्णुताको प्रतीक मानिन्छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातिका तीन पुजारीहरू रहेका छन् । भगवान् शिवजीले राजा मणिमुकुन्द सेनलाई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राहृमणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र यस तरबारले नागको रूप लिएर घरको परिक्रमा गरिरहेपछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको र नागले तरबारको रूप धारण गरि उडेर बन्दीपुर डाँडामा खसेर उछिटिएर यस ठाउँमा भगवान् शिवजीको सन्देश स्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको धार्मिक किंवदन्ती रहेको छ ।

यहाँका बन्दीपुरेहरूले इष्ट देवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबल, सक्षम, कुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आर्शीवाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिर खुला रहने मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले जानकारी दिनुभयो । यस मन्दिरमा फूलपातीको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ ।

खड्गदेवी मन्दिरमा हरेक दसैँको फूलपातिका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई बजारमा शोभायात्रा गरिन्छ । खड्ग शोभायात्रा गर्दा बन्दीपुरका सबै जातजातिका व्यक्ति सहभागी हुन्छन् । शोभायात्रामा हजारौंको सङ्ख्यामा उपस्थिति हुने गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

मन्दिर पहिले ढुङ्गै ढुङ्गाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रूपान्तरण गरियो । अहिले भने त्यहाँ तामाको छाना राखिएको छ ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

  • Post Thumbnail

    दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

  • Post Thumbnail

    नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

  • आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

    आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    Post Thumbnail

    एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

    Post Thumbnail

    दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

    Post Thumbnail

    पर्यटन विकासको सम्भावना बोकेको बुद्धकालीन रोहिणी सभ्यता ओझेलमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution