Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (३ घण्टा अघि)
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर, ३० असोजः कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो ।

भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भन्नुभयो, “पूर्वसूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ र मोबाइलमा सन्देश आउँछ । यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ ।”

उहाँले रातिको समयमा जङ्गली हात्ती, गैँडालगायत वन्यजन्तु बस्ती प्रवेश गरेर अन्नबालीमा क्षति गर्ने गरेकाले यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, नीलगाईंलगायत वन्यजन्तुको सम्भावित जोखिमबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने वडाध्यक्ष चौधरीको भनाइ छ ।

कनेक्ट परियोजनाका प्रमुख मनोजप्रसाद ओझाले मानव–वन्यजन्तु सह–अस्तित्वका लागि पूर्वसूचना प्रणाली प्रभावकारी हुने बताउनुभयो । “पूर्वसूचना प्रणालीमा क्यामेरा जडान गरिएको छ, निकुञ्जबाट जङ्गली जनावर बस्ती पस्दा फोटो खिच्छ र साइरन बच्छ”, उहाँले भन्नुभयो, “निकुञ्जका कर्मचारी, सेनाको सुरक्षा पोष्ट र बस्तीका मानिस गरी ४० जनाको मोबाइलमा सन्देश आउँछ ।”

उहाँले यसले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । कनेक्ट परियोजना र भीमदत्त नगरपालिकाको करिब दश लाख साझेदारीमा उक्त प्रणाली जडान गरिएको उहाँले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट रातिको समयमा जङ्गली हात्ती, चितुवा, गैँडा र बँदेलले किसानको अन्नबालीमा ठुलो नोक्सानी पुर्याउँदै गरेका छन् । किसानले पूर्वसूचना पाउँदा बाली जोगाउन र सुरक्षित रहन सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

    आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?

  • Post Thumbnail

    बेसहारा महिलालाई घर

  • Post Thumbnail

    दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किदैछन्

  • आलेखः न आफन्त रहे, न घरः छैन दसैँको रौनक

    आलेखः न आफन्त रहे, न घरः छैन दसैँको रौनक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

    प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छः मुख्यमन्त्री यादव

    दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

    दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

    चिकित्सा शिक्षा आयोगको बैठक सुरु

    चिकित्सा शिक्षा आयोगको बैठक सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution