Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको आवश्यकता र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकतामा राख्दै सडक, पुल, खानेपानी, सिँचाइ तथा कृषि र पशुपालनका क्षेत्रमा काम अघि बढाइएको हो ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), ३० असोजः तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको आवश्यकता र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकतामा राख्दै सडक, पुल, खानेपानी, सिँचाइ तथा कृषि र पशुपालनका क्षेत्रमा काम अघि बढाइएको हो ।

गाउँपालिकाले एक वर्षको अवधिमा दुई दशमलव ७५ किलोमिटर नयाँ सडकको ट्र्याक खोल्ने, चार दशमलव ९५ किलोमिटर सडक ग्राभेल र १४० मिटर सडक कालोपत्र गरेको छ । ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्दै यातायात सहज बनाउन नयाँ ट्र्याक खोल्ने तथा पुराना सडकको स्तरोन्नतिलाई निरन्तरता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

सडक पूर्वाधारसँगै खोलानाला तथा नदीका कारण आवतजावतमा हुने समस्या समाधान गर्न छ वटा मोटरेबल पुल निर्माण गरिएको छ । पुल निर्माणपछि स्थानीय बासिन्दाको आवतजावत तथा कृषि उपज ओसारपसारमा सहजता आएको श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाले खानेपानीको पहुँच विस्तारका लागि ८२ घरमा धारा जडान गरेको छ । घरघरमा खानेपानीको पहुँच पुर्‍याउने उद्देश्यले आवश्यक स्थानमा खानेपानीका संरचना निर्माण तथा विस्तार गरिएको श्रेष्ठको भनाइ छ । स्वास्थ्य र सरसफाइलाई समेत प्राथमिकतामा राख्दै १७ वटा शौचालय निर्माण गरिएको छ । गाउँपालिकाले आधारभूत सरसफाइको पहुँच विस्तार गर्दै स्वच्छ तथा स्वस्थ बस्ती निर्माणमा जोड दिइएको जनाएको छ ।

त्यस्तै कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न तीन सय २२ मिटर सिँचाइ कुलो र वर्षाको पानी तथा खोलाको बहाव नियन्त्रण र सिँचाइ व्यवस्थापनका लागि तीन वटा बाँध निर्माण गरिएको छ । सार्वजनिक स्थान तथा ग्रामीण बस्तीमा विश्राम र सामाजिक भेटघाटका लागि पाँच वटा चौतारा निर्माण गरिएको छ ।

कृषिमा उत्पादन र बजारीकरणमा जोड

गाउँपालिकाले स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बीउबिजन वितरण गर्नुका साथै कृषि यान्त्रिकीकरणमा समेत सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कृषकलाई हाते ट्याक्टर, कुटानी–पिसानीका उपकरण तथा विभिन्न कृषि औजार वितरण गरिएको छ । परम्परागत रूपमा श्रममा आधारित कृषि प्रणालीलाई क्रमशः यान्त्रिकीकरणतर्फ लैजाने उद्देश्यले कृषि उपकरणमा सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषि उपज उत्पादनपछि बजारसम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्समार्फत कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपजलाई बजारसम्म पुर्याउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

कृषि उपजको उत्पादन बढेसँगै तत्काल बजार नपाउँदा हुने क्षति कम गर्न गाउँपालिकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । चिस्यान केन्द्रले विशेषगरी आलु, तरकारीलगायत छिट्टै बिग्रने कृषि उपजलाई केही समय सुरक्षित राख्न सहयोग गर्ने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

गाउँपालिकाले पशुपालनलाई समेत कृषकको आम्दानीसँग जोड्दै विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले कृषकले उत्पादन गरेको दूधमा प्रतिलिटर रु दश अनुदान उपलब्ध गराउँदै आएको छ । पशु सुत्केरी भएपछि आवश्यक पोषण व्यवस्थापनका लागि सुत्केरी पशु पोषण अनुदानको व्यवस्था गरिएको छ ।

अध्यक्ष श्रेष्ठले गाउँपालिकाले सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणसँगै कृषि र पशुपालनलाई उत्पादन तथा रोजगारीसँग जोडेर अघि बढाएको बताउनुभयो । उहाँका अनुसार केवल भौतिक संरचना निर्माण गरेर मात्रै स्थानीयको आर्थिक अवस्था सुधार नहुने भएकाले उत्पादन बढाउने, कृषि उपजको बजारीकरण गर्ने तथा पशुपालनलाई व्यावसायिक बनाउने कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

    कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

  • Post Thumbnail

    कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

  • चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

    चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

  • पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा

    पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी

    कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

    कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

    Post Thumbnail

    कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

    Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution