Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्ले पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ३० असोजः भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटा झोलुङ्गे पुलमा बाढीका कारण लट्ठा बटारिएको, डेक तथा बिम बगाएको र साइडको जाली बगाएको लगायतका क्षति पुगेको थियो भने बाँकी सातवटा पुलमा सामान्य क्षति पुगेको थियो ।

अत्यधिक क्षति भएका ११ वटा पुलहरूको बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा नयाँ स्टिल डेक र बिम जडान गर्ने, साइडको जाली राखी मर्मत गरिएको थियो भने बाँकी सातवटा पुलहरूको सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रूपैयाँ खर्च भएको उहाँको भनाइ छ ।

सहसचिव बुढाथोकीका अनुसार बृहत मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, सोही जिल्लाको वेलकोटगढी–५ देखि धादिङको गल्छी–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल, बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल, धादिङको सिद्धलेक–३ देखि बेनीघाट रोराङ–३ जोड्न्े झोलुङ्गे पुल छन् ।

साथै, नुवाकोटको बेलकोटगढी–५ केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने झोलुङ्गे पुल, धादिङको सिद्दलेक–६ र गजुरी–१ जोड्ने् झोलुङ्गे पुल, धादिङकै गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छी–१ र वडा नं ४ जोड्ने झोलुङ्गे पुल, गल्छी–२ र वडा नं ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल, नुवाकोटको बेवकोटगढी–५ र धादिङको गल्छी–२ जोड्न कोल्पु कल्लेरीघाट पुल र गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको थियो ।

साथै गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे झोलुङ्गे पुल सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सामान्य मर्मत गरिएका अन्य पुलमा धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प झोलुङ्गे पुल, जिल्लाकै सिद्धलेक–५ देखि बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुङ्गे पुल, धादिङकै गल्छी२–४ जोड्ने बेल्खु भुतिया झोलुङ्गे पुल, गोरखाको सहिद लखन–४ देखि चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुङ्गे पुल छन् । साथै धादिङको गल्छी–२ र ४ जाड्ने महादेवस्थान झोलुङ्गे पुल र गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल छन् ।

  • काठमाडौँ
  • गोरखा
  • चितवन
  • धादिङ
  • नुवाकोट
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

  • Post Thumbnail

    स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

  • Post Thumbnail

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

  • Post Thumbnail

    सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

    चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

    Post Thumbnail

    रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

    Post Thumbnail

    भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution