Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचारकक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

भक्तपुर, ३० असोज : अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचारकक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसीयू खोज्दै काठमाडौँमा भौतारिनु नपर्ने बताउनुभयो । उहाँका अनुसार अस्पताल सञ्चालनमा आएपछि गम्भीर रोगका बिरामी र शल्यक्रियामा समेत यो आइसीयू प्रभावकारी रूपमा प्रयोगमा आउनेछ ।

अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवामा आइसीयूले थप टेवा पुग्ने बताउँदै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “देशभरका नगरपालिकाहरूद्वारा सञ्चालित अस्पतालमध्ये नेपाल–कोरियामैत्री अस्पताल सबैभन्दा सुविधा सम्पन्न र ठूलो अस्पतालका रूपमा पहिचान बनाउन सफल भएको छ । यस अस्पताल बीमा क्लेम गर्ने पाँचौँ ठूलो अस्पतालसमेत बन्नु हाम्रो लागि गौरवको विषय हो । नगरपालिकाले यस अस्पतालको सेवालाई अझै ‘स्पेसिलिस्ट’ सेवाहरू विस्तार गर्दै लैजान्छ ।”

अस्पतालले प्रवाह गर्ने सबै सेवाहरू गुणस्तरीय भएकै कारण हरेक वर्ष उपचारका लागि आउने बिरामीका सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउँदै उहाँले अहिले दैनिक एक हजार १०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो ।

उहाँका अनुसार नयाँ सुविधासम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको बताउँदै नयाँ भवन सञ्चालनमा आएपछि बिरामीका लागि धेरै सुविधा थपिनेछ । अस्पतालले छिट्टै मुटुरोग (कार्डियो) सेवासमेत सञ्चालन गर्ने तयारी गरेको र मुटुरोगका बिरामीलाई सहजताका लागि ए ग्रेडको एम्बुलेन्ससमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “हामीले बिरामीको घरदैलो सेवा प्रवाह सञ्चालन गरेका छौँ, अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिनसमेत खरिद गरेर वडा–वडामा पुगेर घरदैलो सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पतालभित्रमा यो अस्पताल पर्न भएको हो । हामीले चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरका छौँ ।”

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चार वर्ष अगाडिसम्म नोक्सानमा चलिरहेको यो अस्पताल गुणस्तरीय सेवा सुविधा थप भएसँगै अहिले फाइदामा पुगेको भन्दै यस अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिरहेको बताउनुभयो ।

अस्पतालमा अत्याधुनिक आइसीयू सञ्चालनमा आएसँगै बिरामीले आइसीयू नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै उहाँले यस अस्पताललाई देशभरकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्ने बताउनुभयो ।

  • काठमाडौँ
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

  • Post Thumbnail

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

  • Post Thumbnail

    सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ

  • Post Thumbnail

    ‘इम्युनोसप्रेसेन्ट’ औषधिको बिक्रीवितरणमा रोक छैनः विभाग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

    पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

    पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

    Post Thumbnail

    स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

    Post Thumbnail

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution