Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गोरखा

बूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्यो

बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् ।
रासस १३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

गोरखा, २९ असोजः बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानको झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि यहाँका बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका थिए । गाउँपालिकाको आह्वानमा करिब ५० जना स्थानीय युवाले लगातार तीन दिन काम गरेपछि बाटो आंशिक रूपमा सञ्चालनमा आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

“मङ्गलबार, बुधबार र आज केरौँजा, केरौँजाबेँसी र रुन्चेत गाउँका ४०-५० जना मिलेर बाढीले ल्याएको लेदो फ्याँक्ने, ठाउँठाउँमा मुढा तेर्‍याउने, भर्‍याङ हाल्ने गरेर अलि अलि हिँड्न मिल्ने बनाएका छौँ”, उहाँले भन्नुभयो, “बाटो खुलेपछि रोकिएर रहेका १०० जना जति भर्‍याङ र डोरीको सहायताले गाउँमा पुगेका छन् । अरू पनि आउने क्रममा छन् ।” आज अबेरसम्म पनि बाटो मर्मत गर्ने काम जारी रहेको उहाँको भनाइ छ ।

केरौँजाबेँसीका ज्याला मजदुरी गरेर खाने स्थानीयलाई बाटो अवरुद्ध हुँदा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार स्थानीयले मर्मत गरेको बाटोमा मान्छे जसोतसो हिँड्न मिल्ने भए पनि भारी उतार्न र खच्चड हिँडाउन भने सम्भव छैन ।

“केरौँजा, केरौँजाबेँसी, लामाबेँसी र रुन्चेतका करिब ६०० परिवारमा खाद्यान्न ढुवानी गर्ने एउटै माध्यम खच्चड हो । अझै केही दिन ढुवानी नगर्ने हो भने त्यहाँ खाद्यान्न अभाव हुन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “खाद्यान्न कहाँबाट लैजाने ? कसरी लैजाने ? दिनभरि मजदुरी गरेर साँझबिहान छाक टार्नेहरूले अब कसरी हात मुख जोड्ने ? भन्ने समस्या छ ।”

पालिकाको वडा नं २ केरौँजातर्फ जाने बाटो आंशिक रूपमा खुले पनि वडा नं १ र ३ तथा चुमनुब्री गाउँपालिकातर्फ जाने बाटो भने अझै खुलाउन नसकिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जसले गर्दा चाडबाडको समयमा मानिस हिँड्डुल गर्न पाएका छैनन् ।

बाढीबाट प्रभावित धार्चे गाउँपालिकाको विभिन्न बस्तीमा मात्रै तत्कालका लागि अभाव टार्न एक हजार २०० बोरा चामल आवश्यक पर्ने पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

  • गोरखा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

  • ‘भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ’

    ‘भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ’

  • Post Thumbnail

    औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध

  • Post Thumbnail

    नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

    Post Thumbnail

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    Post Thumbnail

    कोशी प्रदेश सरकारद्वारा धन्यवाद व्यक्त

    Post Thumbnail

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution