Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

ललितपुरः २९ असोजः महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (२ घण्टा अघि)
महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान

ललितपुरः २९ असोजः महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ ।

महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको पहिचान, प्रवर्द्धन तथा बजार पहुँच विस्तार गर्ने उद्देश्यले अगाडि बढाइरहेको म उद्यमी ट्रेडमार्क (व्यापारिक चिह्न) सामूहिक चिह्न अभियानका बारेमा जानकारी दिन महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले यो अभियानलाई देशभरका महिला उद्यमीसम्म विस्तार गर्ने बताउनुभएको हो ।

“गुणस्तरीय उत्पादन मात्रै पर्याप्त हुँदैन, उत्पादनले आफ्नो पहिचान निर्माण गर्नुपर्छ, उपभोक्ताको विश्वास जित्नुपर्छ र बजारमा विशिष्ट स्थान हासिल गर्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष श्रेष्ठका अनुसार ‘मेरो पहिचान, मेरो उद्यम’ भन्ने मूल भावनाका साथ अघि बढाइएको ‘म उद्यमी’ अभियानले महिला उद्यमी र उनीहरूका उत्पादनलाई एउटै साझा पहिचानमा जोड्नेछ ।

नेपाली महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवामा स्थानीय सीप, संस्कृति, मौलिकता, परिश्रम र सिर्जनशीलता प्रतिबिम्बित भए पनि धेरै उत्पादनले अझै बजारमा अपेक्षित पहिचान र अवसर पाउन नसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘म उद्यमी’ ट्रेडमार्कले महिला उद्यमीका उत्पादन पहिचान गर्न, उपभोक्ताको विश्वास बढाउन तथा बजारमा तिनको दृश्यता र व्यावसायिक अवसर विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

गत असारमा प्रधानमन्त्रीसँग भएको भेटका क्रममा ‘म उद्यमी’ ट्रेडमार्कको महत्व र यसको पहुँच विस्तार गर्ने विषयमा विशेष चासो व्यक्त भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यसलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

महिला उद्यमी महासङ्घ नेपालले सातै प्रदेश तथा जिल्लास्थित महिला उद्यमी सङ्घमार्फत महिला उद्यमीको क्षमता अभिवृद्धि, नीतिगत पैरवी, वित्तीय तथा बजार पहुँच विस्तार र व्यावसायिक सञ्जाल निर्माणमा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । महिला नेतृत्वमा सञ्चालित उद्यमलाई दिगो, प्रतिस्पर्धी र सफल बनाउनु महासङ्घको प्रमुख उद्देश्य रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा उद्यमी तथा व्यावसायिक प्रोफाइलिङ, ‘म उद्यमी’ अन्तर्गतका उत्पादनको प्रदर्शनी र सञ्चारमाध्यमसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको थियो । त्यस्तै, प्रदर्शनीमार्फत उपभोक्ता, वितरक, व्यावसायिक साझेदार तथा सम्भावित बजारलाई महिला उद्यमीका उत्पादनसँग परिचित गराउने उद्देश्य राखिएको छ ।

महिला उद्यमीका उत्पादनलाई बजारसम्म पुर्याउन प्रचारप्रसार र प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले उत्पादन, उद्यमशीलता र सफलताका कथालाई आम नागरिकसम्म पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

आगामी दिनमा ‘म उद्यमी’ अभियानको पहुँच विस्तार, उद्यमी तथा उत्पादनको व्यवस्थित अभिलेखीकरण, गुणस्तर अभिवृद्धि, ‘ब्रान्डिङ’ तथा ‘प्याकेजिङ’ सुधार र ‘डिजिटल’ उपस्थिति सुदृढीकरणमा काम गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसका लागि प्रदेश तथा जिल्ला सङ्घ, सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गरिने बताउनुभयो ।

‘म उद्यमी’ कुनै सीमित समूहको अभियान नभई हिमाल, पहाड र तराईमा रहेका सबै महिला उद्यमीका उत्पादनलाई साझा राष्ट्रिय पहिचान दिलाउने प्रयास भएको उल्लेख गर्दै उहाँले यसलाई नेपाली उत्पादनको विश्वास, गुणस्तर, मौलिकता र महिला उद्यमशीलताको प्रतीकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो ।

महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठले उक्त अभियानप्रति चासो र विश्वास व्यक्त गर्दै यसको पहुँच देशभर विस्तार गर्न प्रेरणा दिएकामा प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो । द्वितीय उपाध्यक्ष वासन्ती प्रधानले महिला उद्यमीहरूका उत्पादनलाई प्रचारप्रसार गर्न सार्वजनिक निजी संवाद ‘पोडकाष्ट सिरिज’ सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।

त्यस्तै, महासचिव सविता सुवेदीले सामूहिक ‘ट्रेडमार्क प्रोफाइलिङ’बाट महिला उद्यमीको अवस्था, उत्पादनको विविधता, बजार आवश्यकता र व्यावसायिक सम्भावनाबारे तथ्यगत विवरण सङ्कलन हुने अपेक्षा गरिएको जानकारी गराउनुभयो ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्यो

  • Post Thumbnail

    नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

  • Post Thumbnail

    धनौजीका २३३ परिवारलाई लालपुुर्जा वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

    एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

    Post Thumbnail

    औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध

    Post Thumbnail

    बूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्यो

    Post Thumbnail

    आईएसएफ फुटबल वल्र्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution