Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

‘पर्यटन पुनःउत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवाहरूले प्राकृतिक विपद्लगायत कारणले समस्यामा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो औँल्याएका छन् ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

गण्डकी, २९ असोजः पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवाहरूले प्राकृतिक विपद्लगायत कारणले समस्यामा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो औँल्याएका छन् । पर्यटन क्षेत्रलाई उकास्न सबै पक्षको साझा पहल र ऐक्यबद्धता आवश्यक पर्नेमा सरोकार भएकाहरूले जोड दिएका हुन् ।

पोखरामा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको ३३औँ वार्षिक साधारणसभामा सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधिहरूले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्ने बताएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बाढीपहिरो जस्ता विपद्बाट पर्यटकीय पूर्वाधारमा ठूलो क्षति पुगेको जनाउँदै तिनको पुनर्निर्माणलाई मन्त्रालयले प्राथमिकता दिने बताउनुभयो । “पर्यटन व्यवसायीलाई सरल र सहुलियपूर्ण कर्जा सुविधा, बजारीकरणलगायत क्षेत्रमा सहयोग पुर्‍याई व्यवसायलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न र चलायमान बनाउन मन्त्रालय टानलगायत निजी क्षेत्रका सङ्घसंस्थासँग सहकार्य गर्न तयार छ ।”

सचिव निरौलाले पर्यटनसँग सम्बन्धित विभिन्न कानुन परिमार्जन र संशोधनको तयारी अगाडि बढेकाले कानुन तर्जुमा मार्फत पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनलाई थप गति दिइने बताउनुभयो । कानुनी अन्यौलताका कारण पनि तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन नसकेको उल्लेख गर्दै उहाँले नीति तथा कानुन निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो । उहाँले नेपाल पर्यटन बोर्डलाई समयसापेक्ष रूपमा पुनःसंरचनासहित रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

टानका अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सात वटै प्रदेशमा पर्यटन हर्ने छुट्टै विभाग गठन स्थापना गर्नुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डले मात्र सिङ्गो देशको पर्यटन क्षेत्रलाई नेतृत्व गर्न नसक्ने उहाँको भनाइ छ ।

नेपालमा अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनको उद्देश्यले गठित पर्यटन बोर्डलाई पूर्वाधार निर्माण जस्ता अतिरिक्त कामको जिम्मेवारी दिइनु उचित नरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा नेपालमा पर्यटकको सङ्ख्या वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

“गुणस्तरीय पर्यटनको बहस पनि सुरु भएको छ तर अहिलेलाई हामीले सबैखाले पर्यटक भित्र्याउन जोड दिनुपर्छ,” अध्यक्ष पाण्डेले भन्नुभयो, “पर्यटकको आगमन बढ्दै गयो भने गुणस्तरीय पर्यटनलाई योजनाबद्ध प्रवर्द्धन गर्न सकिन्छ ।” आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि राज्यका निकाय र निजी क्षेत्रको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताउनुभयो । अहिलेको सरकारले पर्यटन विकासका लागि नयाँ सोच र योजना ल्याएकाले त्यसलाई सबै मिलेर सफल पार्नुपर्ने उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भर्खर सुरु भएको अन्तरराष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन सके मुलुककै पर्यटन क्षेत्रले लाभ लिने धारणा राख्नुभयो । पोखराको पर्यटनमा अर्बौंको लगानी भएको जनाउँदै उहाँले सरकारले व्यवसायीको हकहित र लगानी सुरक्षाका लागि आवश्यक नीतिगत प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।

साधारणसभाका अवसरमा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने व्यवसायी, पत्रकारलगायतलाई सम्मान गरिएको पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । अधिवेशनबाट तीर्थराज सुवेदीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको ‘टान’ गण्डकीले जनाएको छ ।

समितिको प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण सङ्ग्रौला, सचिवमा भूपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन हुनुभएको छ । सदस्यमा बलराम दाहाल, भूपेन्द्र गौतम, अजयराम अधिकारी, शिव क्षेत्री र श्रीराम पाखरेल चयन हुनुभएको छ । दुई सदस्य पछि मनोनीत गरिने जनाइएको छ ।

  • गण्डकी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्यो

  • Post Thumbnail

    नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

  • Post Thumbnail

    धनौजीका २३३ परिवारलाई लालपुुर्जा वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

    एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

    Post Thumbnail

    औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध

    Post Thumbnail

    बूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्यो

    Post Thumbnail

    आईएसएफ फुटबल वल्र्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution