Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (२ दिन अघि)
जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ, २९ असोजः जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर क्षति तथा आगामी जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तरराष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा भएको छलफलमा जलवायु न्यायका लागि नेपालको कूटनीतिक प्राथमिकता निर्धारण गर्नुपर्ने विषय उठाइएको हो ।

छलफलमा जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि बाढी, पहिरो तथा अन्य चरम मौसमी घटनाका कारण ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै जलवायु परिवर्तनका लागि बढी जिम्मेवार पक्षले दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

जलवायु परिवर्तन अनुकूलन तथा विपद्पछिको पुनःस्थापनाका लागि प्राप्त हुने वित्तीय सहायता ऋणका रूपमा नभई अनुदानका रूपमा उपलब्ध गराउनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । ऋणमा आधारित सहायताले मुलुकको सार्वजनिक ऋणको भार बढाउन सक्ने भएकाले प्रभावित देशलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिइएको हो ।

त्यस्तै, नेपालले मान्यता प्राप्त गरेका राष्ट्रिय संस्थामार्फत जलवायु वित्तमा प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्ने र उपलब्ध स्रोतलाई प्रभावित समुदायको संरक्षण तथा पुनःस्थापनामा परिचालन गर्नुपर्ने विषय पनि उठाइएको छ । छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रकृतिमा आधारित पर्यटन विकासमा जोड दिइएको बताउनुभयो । स्थानीय सरकारसँग सहकार्य गरेर संरक्षणका गतिविधि सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

कोषका कार्यकारी निर्देशक तथा जलवायु परिवर्तन विभागका प्रमुख डा मनिषराज पाण्डेले जलवायु वित्तमा पहुँच विस्तार गर्न कोषले सहयोग पुर्‍याएको बताउनुभयो । नेपालमा जलवायुजन्य विपद्का घटना बढ्दै गएकाले पूर्वतयारीमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उहाँले विपद्पछिको पुनर्निर्माणलाई जलवायुमैत्री बनाउन, पूर्वसूचना प्रणालीमा लगानी बढाउन तथा जोखिममा रहेका हिमतालको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

हिमाली क्षेत्रमा हिमताल विस्फोट, नदीमा बाढी तथा अन्य जलवायुजन्य जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथ्याङ्क आदानप्रदान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्ने विषय पनि छलफलमा उठाइएको थियो । हिमाली क्षेत्रमा उत्पन्न हुने जलवायुजन्य जोखिमले सीमापार प्रभाव पार्न सक्ने भएकाले सम्बन्धित देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।

जलवायुजन्य विपद्बाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न आवश्यक वित्तीय सहयोग सुनिश्चित गर्नुका साथै जलवायु न्यायका लागि अन्तरराष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक पैरवी प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।

  • काठमाडौँ
  • राष्ट्रियसभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    म्याग्दीको बेनी–दरबाङ सडक बन्द

  • Post Thumbnail

    पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

  • Post Thumbnail

    पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

  • सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

    Post Thumbnail

    कास्कीलाई हराउँदै नवलपुर यु–१९ क्रिकेट च्याम्पियन

    Post Thumbnail

    करेन्ट लागेर महिलाको मृत्यु

    Post Thumbnail

    अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution