Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

जापानी आख्यान ‘इजुकी नर्तकी’ नेपाली भाषामा

नेपाल–जापान दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नोबेल पुरस्कार विजेता जापानी साहित्यकार यासुनारी कावाबाताको आख्यानकृति ‘इजुकी नर्तकी’को नेपालीमा अनुवादित पुस्तक लोकार्पण गरिएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २९ असोजः नेपाल–जापान दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नोबेल पुरस्कार विजेता जापानी साहित्यकार यासुनारी कावाबाताको आख्यानकृति ‘इजुकी नर्तकी’को नेपालीमा अनुवादित पुस्तक लोकार्पण गरिएको छ ।

नेपाल वाङ्मय फाउन्डेसन र नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अरुणा वैद्यले अनुवादन गर्नुभएको उक्त कृति लोकार्पण गरिएको हो ।

नेपालका लागि जापानी राजदुत तोरु माएदाले उक्त कृति लोकार्पण गर्दै नेपाल र जापानबीच जनस्तरमा ऐतिहासिक प्रगाढ सम्बन्ध रहेको बताउनुभयो । उहाँले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध मात्रै नभई सांस्कृतिक, साहित्यिक र बौद्धिक अन्तर–सम्बन्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार पछिल्लो समय अध्ययनका लागि जापान जाने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दो रहेको र यसले दुई देशबीचका सामाजिक सम्बन्ध घनिष्ठ बनिरहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले नेपाल र जापानका साहित्यलाई एकअर्का देशमा प्रोत्साहन गर्न सरकारीस्तरमै सहमति कायम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले दुवै देशका साहित्य अनुवादलाई बृहत्तर बनाउन कार्यको नेतृत्व प्रतिष्ठानले गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

पूर्वमन्त्री एवं फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाले जापान भाषा साहित्यमा समृद्ध रहेको जनाउँदै नेपाली बजारमा जापानी कृतिको उपस्थित बढाउँदै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो । जापानका लागि पूर्वरादूत डा मदनकुमार भट्टराईले नेपाल र जापानको कूटनीति सम्बन्ध विस्तार भएको ७० वर्ष भए पनि सामाजिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध भने १२७ वर्षदेखि प्रारम्भ भएको बताउनुभयो ।

उहाँले दुई देशबीच आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत क्षेत्रमा सहकार्य रहिआएको बताउनुभयो ।

फाउन्डेसनका प्रमुख संरक्षक उमेश श्रेष्ठले नेपाले जापानको शिष्टाचार र साहित्य शैली अध्ययन गर्न आवश्यक रहेको हुँदा अनुवादित कृतिले त्यसमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

विश्वभाषा क्याम्पसका जापानी भाषा विभाग प्रमुख योसिहारु कामिसुराले जापानी साहित्य अनुवाद नेपालमा थोरै रहेका अवस्थामा आख्यान कृति ‘इजुकी नर्तकी’ले जापानी साहित्य बुझ्न चाहने पाठकलाई सान्दर्भिक पाठ्य सामग्री हुनसक्ने धारणा राख्नुभयो ।

अनुवादक वैद्यले चार वटा कथा समेटिएको इजुकी नर्तकी आख्यान नेपाली अनुवादमा जापानी साहित्यको मर्म जीवित राखेको प्रष्ट पार्नुभयो । उहाँका अनुसार अनुवाद शब्द रुपान्तरण गर्नु मात्रै नभई कथा र पात्रमाथि न्याय गरी जनस्तरले महशुस गर्नसक्ने बनाउनु महत्वपूर्ण कला भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले जापानको साहित्यिक कृति अनुवादमा सामाजिक परिवेश र पात्रप्रतिको भाव मर्न दिएको छैन ।”

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

    ‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

  • प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

    प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

  • बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

  • Post Thumbnail

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

    ‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

    आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

    आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

    प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

    प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution