Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

म्याग्दी, २९ असोजः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पु¥याएको थियो । म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो ।

मुख्य पोखरी र परिसरमा थुप्रिएको लेदो श्रमदानबाट हटाएर स्नानयोग्य बनाएपछि बुधबारदेखि कुण्ड सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले जानकारी दिनुभयो । “पुनःसञ्चालन भएको पहिलो दिन २० देखि २५ जनाले स्नान गर्नुभएको छ”, उहाँले भन्नुभयो, “दसैँपछि स्नान गर्न आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ ।”

असोज र कात्तिक तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो । यही समयमा कुण्ड बन्द हुँदा स्थानीय व्यापार व्यवसायसमेत प्रभावित भएको थियो । कुण्डमा तीन वटा पोखरी छन् । तीमध्ये उपचारका लागि बिरामीले स्नान गर्ने ठूलो र माथिल्लो पोखरीमा बाढी पसेर हिलो थुप्रिएको थियो । पर्यटकका लागि बनाइएको सानो पोखरी बाढीले भत्काएको थियो ।

कुण्ड परिसरका अन्य संरचनामा क्षति पुगेको छ । कपडा फेर्ने भवन र तातोपानी भण्डारण गर्ने ट्याङ्की रहेको भवन पहिरोले भत्काएको छ । खुला स्नानस्थल पनि पहिरोले पुरिएको छ । श्रमदानबाट मुख्य पोखरीमा थुप्रिएको हिलो र लेदो हटाइएको हो । अन्य पोखरी तथा क्षतिग्रस्त संरचना मर्मत गर्न समितिले आर्थिक स्रोत खोजिरहेको छ ।

कुण्डको पुनःनिर्माण र संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोबाट रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।

“सिङ्गाका विभिन्न टोल, युवा क्लब, आमा समूह, नेपाली सेना र सशस्त्र प्रहरीले श्रमदान गरेका छन्”, उहाँले भन्नुभयो, “दाता तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण गरिएको हो ।” पुनःनिर्माण अभियानमा एक हजार ३०० भन्दाबढी स्थानीयवासी, सुरक्षाकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले श्रमदान गरेका थिए ।

गत आव २०८२÷८३ मा २१ हजारभन्दा बढीले यस कुण्डमा स्नान गरेका थिए । नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट प्राकृतिक उपचारका लागि यहाँ मानिस आउने गरेका छन् ।

म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी सङ्कलन गरी पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइएको छ । यहाँको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ । पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ ।

तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास र अनुभव छ । असोजदेखि वैशाखसम्म तातोपानी कुण्डमा स्नान गर्न उपयुक्त याम मानिन्छ । नौ दिन स्नान गर्नका लागि रु ५०० शुल्क तोकिएको छ ।

  • नेपाली सेना
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

  • Post Thumbnail

    याङवरक पोखरी पर्यटकको आकर्षण

  • डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

    डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

    Post Thumbnail

    भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

    Post Thumbnail

    याङवरक पोखरी पर्यटकको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution