Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (२ घण्टा अघि)
विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

ललितपुर, २८ असोजः अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

‘उत्थानशीलताको सुरुआत घरबाटै’ भन्ने नाराका साथ मङ्गलबारदेखि सुरु भएको सम्मेलनमा विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र उत्थानशीलताका विभिन्न विषयमा छलफल भएको थियो ।

सम्मेलनको अन्तिम दिन आज आठवटा समूह छलफल तथा छोटा प्रस्तुति भएका थिए । बिहानको सत्रमा भोटेकोशी बाढीपछि व्यवसायको पुनःस्थापना र पुनर्निर्माण तथा विपद् जोखिम व्यवस्थापनमा तथ्याङ्क, प्रविधि र नवप्रवर्तनको प्रयोगबारे छलफल भएको थियो ।

त्यसैगरी, समावेशी उत्थानशीलता, मनोसामाजिक कल्याण, सबैलाई समेट्ने उपाय तथा जलवायु उत्थानशील गाउँ निर्माणका नीति र अभ्यासबारे विज्ञ तथा अध्येताले विचार राखेका थिए ।

सम्मेलनका नवौँ र दसौँ सत्रमा विपद् जोखिम न्यूनीकरणका असल अभ्यासबारे प्रस्तुति गरिएको थियो । एघारौँ सत्रमा संरचनात्मक तथा गैरसंरचनात्मक उपायको एकीकरण, बहुप्रकोपीय जोखिम आकलन र सबैका लागि पूर्वसूचनासम्बन्धी विषयमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठ, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डा राजन भट्टराई र खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा गणेश त्रिपाठी सहभागी हुनुहुन्थ्यो ।

समापन सत्रमा प्राधिकरणका कार्यकारी प्रमुख डा उप्रेतीले सम्मेलन र छलफलले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ समाधान खोज्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षको सम्मेलनमा विपद्बाट हुने क्षति तथा नोक्सानी घटेको तथ्याङ्कसहित छलफल गर्न पाइने आशा व्यक्त गर्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै प्राधिकरणले सामूहिक सिर्जना र सहभागितामूलक योजना निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

  • Post Thumbnail

    अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

  • Post Thumbnail

    चौध लाख बराबरको अवैध सामान बरामद

  • संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

    संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

    Post Thumbnail

    शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

    Post Thumbnail

    चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

    Post Thumbnail

    अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution