Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, २८ असोजः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोले घरबास गुमाएर ‘होल्डिङ सेन्टर’, अस्थायी शिविर र आफन्तकहाँ बसेका विस्थापितलाई जिन्सी सामग्री उपलब्ध गराइएको छ । सशस्त्र प्रहरी बल, पुन समाज नेपाल र म्याग्दी उद्योग वाणिज्य सङ्घले आज जिन्सी सामग्री सहयोग गरेका गाउँपालिकाले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँले पठाएको राहत सामग्री गाउँपालिकामार्फत प्रभावित २० परिवारलाई हस्तान्तरण गरिएको गलेश्वर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लुकेन्द्र सुब्बाले जानकारी दिनुभयो ।

पुन समाजले घारस्थित वडा कार्यालय परिसरको होल्डिङ सेन्टरमा रहेका पाउद्वारका ११४ जना र शिखमा रहेका किन्दु, घोस्केखोर, घिरवाङका ९१ जनालाई रु सात लाख ९५ हजार मूल्य बराबरको सामग्री वितरण गरेको जनाएको छ ।

समाजका उपाध्यक्ष राजु पुनले दुई ठाउँका २२७ जनालाई एक÷एक थान न्यानो कपडा (ब्ल्याङ्केट) र खाद्यान्न उपलब्ध गराएको जानकारी दिनुभयो । गिवाङ र नेपानेका प्रभावितलाई बिहीबार तथा सिरुवारीको अस्थायी शिविरमा रहेका राम्चेको महभिरलगायत ठाउँका प्रभावितलाई दसैँलगत्तै राहत सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घले रु छ लाख मूल्य बराबरको २५ किलोग्राम तौलका ४० बोरा चामल, ४० पोका राहत प्याकेट, ४० कार्टुन चाउचाउ, दुई कार्टुन सनफलावर तेल, ३० सेट सोलार प्यानल र ३६ थान त्रिपाल अन्नपूर्ण गाउँपालिकालाई सहयोग गरेको सङ्घका महासचिव जिसीले जानकारी दिनुभयो ।

विपद्मा परी पाँच जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएको गाउँपालिकाका अध्यक्ष भारत पुनले बताउनुभयो । घार, शिख र सिरुवारीको तीन वटा आश्रयस्थलमा २५५ जना प्रभावितले आश्रय लिएका छन् । थप १५६ जना प्रभावित आफन्त तथा छिमेकीको घरमा बसेका छन् । गाउँपालिकाले त्रिपाल र टेन्टको व्यवस्था गरी प्रभावितलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएको छ ।

  • काठमाडौँ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

  • Post Thumbnail

    चौध लाख बराबरको अवैध सामान बरामद

  • विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

    विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

  • संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

    संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

    Post Thumbnail

    शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

    Post Thumbnail

    चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

    Post Thumbnail

    अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution