Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ परिवारलाई प्रतिपरिवार रु ४५ हजारका दरले नगद सहायता वितरण गरेको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (५ घण्टा अघि)
रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

काठमाडौँ, २८ असोजः सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ परिवारलाई प्रतिपरिवार रु ४५ हजारका दरले नगद सहायता वितरण गरेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको हो ।

तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब एक हजार ४०० परिवारलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ ।

यही असोज २३ गते बसेको केन्द्र तथा तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित परिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहायता उपलब्ध गराउन चाहेकाले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार दोहोरो सहायता हुन नदिने र कुनै पनि प्रभावित परिवार नछुट्ने गरी सहयोग वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ ।

बाढी प्रभावितको दीर्घकालीन पुनःस्थापना तथा व्यवस्थापनका लागि पनि काम भइरहेको जनाइएको छ ।

  • काठमाडौँ
  • धादिङ
  • नुवाकोट
  • मन्त्रिपरिषद्
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

  • Post Thumbnail

    चौध लाख बराबरको अवैध सामान बरामद

  • विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

    विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

  • संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

    संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

    Post Thumbnail

    अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

    Post Thumbnail

    दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

    Post Thumbnail

    चौध लाख बराबरको अवैध सामान बरामद

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution