Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नवलपुर

गजेन्द्रमोक्ष धाममा एकमहिने विराट महायज्ञ हुँदै

मुलुककै प्रसिद्ध र पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना गरिने भएको छ ।
रासस १४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ महिना अघि)
Post Thumbnail

नवलपुर (नवलपरासी), २८ असोजः मुलुककै प्रसिद्ध र पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना गरिने भएको छ ।

अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्सङ्कल्पमा महायज्ञ मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवरद्धनमा टेवा पुग्ने विश्वास लिइएको महायज्ञका प्रचारप्रसार समिति संयोजक अच्युतकृष्ण शरणले जानकारी दिनुभयो ।

त्यस्तै, श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशःविशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयको अध्ययन अनुसन्धान विस्तार गर्न नमुना वैदिक विश्वविद्यालय स्थापनाको दीर्घकालीन लक्ष्यलाई अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो ।

महायज्ञको विशेष आकर्षणका रूपमा विशाल धनधाञ्याचल तथा अष्टाचल स्थापना गरिनेछ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधाञ्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम राख्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

धनधाञ्याचललाई नेपालका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिने उहाँको भनाइ छ ।

अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिनेछ । श्रद्धालु भक्तजनले आफ्नो घरमा उपलब्ध अन्न श्रद्धापूर्वक अर्पण गरी महायज्ञमा सहभागी हुन संयोजक शरणले आह्वान गर्नुभएको छ ।

महायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्रलगायत शास्त्रको पाठपारायण गरिनेछ ।

त्यस्तै, श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्र् पारायण तथा वैदिक वाङ्मय र गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना गरिने उहाँले जानकारी दिनुभयो ।

पाँच करोड दीप प्रज्ज्वलन हुने

महायज्ञमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा विदुषीहरूबाट शास्त्रीय प्रवचन प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय धार्मिक कलाकारहरूबाट भजन कीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक पनि प्रदर्शन गरिने संयोजक शरणले बताउनुभयो ।

त्यसैगरी, सयौँ गाईको सामूहिक पूजन, सामूहिक श्रीशालिग्राम तथा गण्डकी पूजन, एक हजार आठ कन्या र बटुक पूजन तथा दैनिक योग एवं ध्यान शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यस महायज्ञअन्तर्गत पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्यसमेत राखिएको उहाँले बताउनुभयो । नेपालको तीर्थमय महिमा, जलसम्पदा, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको महत्वबारे प्रवचन तथा विमर्श गरिनेछ । ती कार्यक्रममार्फत नेपालको मौलिक सभ्यता, आध्यात्मिक परम्परा र सांस्कृतिक सम्पदाबारे राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच, आयोजकले श्रद्धालु भक्तजनसमक्ष प्रत्येक दिन घरमा एक मुठी चामल शुद्ध पात्रमा राखी प्रत्येक दानालाई श्रद्धापूर्वक ‘श्रीराम’ नाम मन्त्रद्वारा अभिमन्त्रित गर्दै छुट्टै बट्टा वा झोलीमा सङ्कलन गर्न विशेष आह्वान गरेको छ ।

सङ्कलित चामल महायज्ञ स्थलमा उपस्थित हुँदा साथमा ल्याई अर्पण गर्न सकिने जनाइएको छ । स्वयं उपस्थित हुन नसक्ने श्रद्धालुले आफ्नो प्रतिनिधिमार्फत चामल पठाउनसक्ने व्यवस्था गरिएको छ ।

श्रद्धालुबाट प्राप्त चामल महायज्ञ अवधिभर दैनिक भगवान् लाई खीरको भोग अर्पण गर्न तथा हवनसम्बन्धी कार्यमा प्रयोग गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, श्रद्धालुहरूलाई आफ्नो घर आँगन वा मठमन्दिरमा रहेको तुलसीको मठ तथा परम्परागत पितृ पुर्खाको घरको माटो ल्याई महायज्ञमा अर्पण गर्न पनि अनुरोध गरिएको छ । त्यसले व्यक्तिगत घरपरिवार, पितृस्मृति र स्थानीय धार्मिक परम्परालाई सामूहिक धार्मिक अनुष्ठानसँग जोड्ने उद्देश्य राखेको छ ।

विशेष पितृ उद्धार अनुष्ठान

भदौ १० गते भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा नेपालमा विभिन्न समयमा भूकम्प, बाढी, पहिरोलगायत प्राकृतिक विपद् र अन्य कारणबाट असामयिक निधन भएका दिवङ्गत आत्माको सद्गति, चिरशान्ति एवं परम कल्याणको कामनासहित महायज्ञमा विशेष पितृ उद्धार अनुष्ठानसमेत आयोजना गरिने भएको छ ।

वैदिक शास्त्रीय विधि र परम्पराअनुसार दिवङ्गत आत्माहरूको शान्ति, सद्गति तथा पितृ उद्धारको सङ्कल्पसहित तर्पण, होम, पिण्डदान तथा अन्य आवश्यक धार्मिक अनुष्ठान गरिने आयोजकले जनाएको छ ।

उक्त विशेष अनुष्ठानमा आफ्ना दिवङ्गत परिवारजन तथा आफन्तका नाममा सङ्कल्प गराउन इच्छुक व्यक्तिले दिवङ्गत व्यक्तिको फोटो र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउन आग्रह गरिएको छ । पुण्यकार्यमा सहभागी भई दिवङ्गत पितृ तथा आफन्तजनको स्मृतिमा श्रद्धा अर्पण गर्न आयोजक गजेन्द्रमोक्ष दिव्यधामले वैदिक सनातनीलाई आह्वानसमेत गरेको छ ।

  • नवलपरासी
  • नवलपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

    सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

  • Post Thumbnail

    साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

  • Post Thumbnail

    अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग

  • कर्णालीलाई गरिबीको भाष्यबाट मुक्त गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड

    कर्णालीलाई गरिबीको भाष्यबाट मुक्त गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

    सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

    सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

    Post Thumbnail

    साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

    Post Thumbnail

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution