
काठमाडौँ, २७ असोजः विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । विपद्का कारण आठ वटा चौपायामा क्षति पुगेको छ भने करिब रु छ लाख ४६ हजार बराबरको नोक्सानी भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना घटेका हुन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, काठमाडौँ, नवलपरासी पूर्व, रोल्पा र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । यस्तै, मोरङ, डोल्पा, कैलाली र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् भने मुगुमा पहिरो गएको छ ।
यसैगरी, सोलुखुम्बु, सप्तरी र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । आगलागी, पहिरो तथा अन्य विपद्बाट भएको क्षतिको विवरण सङ्कलन र व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।
मौसममा भइरहेको परिवर्तन तथा वर्षाजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सर्पदंशको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन, बाढीपहिरोको जोखिमयुक्त स्थानबाट टाढा रहन तथा विपद्का सङ्केत देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।
विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |