Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा २७ असोजः नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (२ घण्टा अघि)
दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा २७ असोजः नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् ।

नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दसैँ सुरु भएपछि किसान यतिबेला खेतबारीमै व्यस्त रहनुपरेको हो । वर्ष दिनमा एकपटकमात्रै आउने दसैँ मनाउन घर फर्किएका समेत आफन्तसँग भेटघाटसँगै खेतबारीमै बालीनाली उठाउने कार्यमा रमाइरहेका पाइएको छ ।

पछिल्ला केही दिन यहाँका हरेक घरपरिवार बिहान सबेरै खेतबारी पुग्ने र साँझ अबेरमात्रै घर पुग्ने दैनिकी बनेको छ । अहिले दसैँभन्दा पनि किसानलाई बर्खेबाली भित्र्याउन व्यस्त रहनुपरेको भागेस्वर गाउँपालिका–४ की देवकी भट्ट बताउनुहुन्छ ।

“मकै र धानबाली भित्र्याइएको छ, आजभोलि भटमास, सो्यालगायत दलहन बाली भित्र्याउन लागिएको छ”, उहाँले भन्नुभयो, “अहिले महिला विषेशगरी खर काट्नमै पनि व्यस्त रहेको पाइएको छ ।”

डडेल्धुराको भित्री मधेस आलिताल परशुरामका किसानलाई पनि आजभोलि धान काट्ने, बिटा बाँध्ने, झार्ने र भित्र्याउनमै व्यस्त रहेका छन् । केही दिनअघिसम्मको लगातारको वर्षाका कारण पाकेको धान भित्र्याउन अहिले पनि समस्या भइरहेको परशुराम नगरपालिका–४ का किसान यशोदा जोशी बताउनुहुन्छ ।

“मिहिनेत गरेर फलाएको धानबाली भित्र्याउन नपाउने चिन्ता छ, मौसमले साथ दिए हुन्थ्यो”, उहाँले भन्नुभयोे, “दसैँभन्दा पनि किसानका लागि खेतमा लगाएको बाली भित्र्याउने मुख्य प्राथमिकता छ ।”

वर्ष दिनमा आउने चाडमा रमाइलो गरी मनाउन रहर भएर पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय बित्ने गरेको किसानको भनाइ छ । बर्खेबाली भित्र्याउने र हिउँदे बाली छर्ने समय रहेकाले किसानलाई दसैँतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्तता रहेको अमरगढी नगरपालिका–७ का किसान कल्पना भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो समय भनेको कामको चटारो हुने हो, महिला भने बिहान उज्यालो नहुँदै खेतमा पुग्छन्, खाना खानसमेत फुर्सद नहुने किसानलाई दसैँको रमाइलोबारे थाहा भए पनि काम सक्नमै ध्यान बढी हुन्छ, त्यसमै सन्तुष्ट हुनुपर्छ ।”

जिल्लामा सबैभन्दा बढी परशुराम नगरपालिकामा एक हजार २३७ हेक्टरमा क्षेत्रफलमा धान लगाइएको छ । जिल्लामा छ हजार १८८ हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । जिल्लामा गत वर्ष बर्खे धान २१ हजार ४०० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन

  • Post Thumbnail

    जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

  • Post Thumbnail

    पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

  • हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

    हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन

    परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

    Post Thumbnail

    दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

    विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

    विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution