Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रसुवा

स्थानीयवासीले जनश्रमदानबाट पैदल पुल निर्माण गर्दै

स्थानीयवासीले जनश्रमदानबाट आपत्कालीन पैदल पुल निर्माण सुरु गरेका छन् ।
रासस २५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (५ घण्टा अघि)
Post Thumbnail

रसुवा, २७ असोजः स्थानीयवासीले जनश्रमदानबाट आपत्कालीन पैदल पुल निर्माण सुरु गरेका छन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीले स्याफ्रुबँेसीस्थित पक्की पुलसहित सडक सञ्जाल पूर्ण रूपमा बगाएपछि आवतजावतमा कठिनाइ भएपछि स्थानीयको सक्रियतामा भोटेकोशी खोलामा पुल निर्माण सुरु गरिएको हो ।

सरकारले सो क्षेत्रमा बेलीब्रिज निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी गरिरहेको भए पनि सो कार्य पूरा हुन समय लाग्ने देखिएपछि स्थानीय समुदाय आफैँ सक्रिय भएका हुन् ।

बाढीका कारण सडक सम्पर्कविच्छेद हुँदा किसानलाई कृषि उत्पादन बजारसम्म पुर्याउन तथा दैनिक आवतजावतमा कठिनाइ हुँदै आएको छ ।

श्रमदानमा जुटेकामध्ये सामाजिक अभियन्ता सोनामछिरिङ तामाङले लामो समयसम्म बाटो अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य सामग्रीको चरम सङ्कट र स्वास्थ्योपचारमा समेत समस्या पर्न थालेपछि स्थानीयस्तरमै स्रोत र जनशक्ति जुटाई काम थालिएको बताउनुभयो ।

“बाढीले स्याफ्रुबेँसी क्षेत्र तहसनहस बनाएपछि हाम्रो दैनिकी कष्टकर बनेको छ”, तामाङले भन्नुभयो, “आपत्कालीन विकास निर्माणकार्यमा गाउँवासीको भौतिक उपस्थिति र श्रमदानको उच्च महत्त्व रहेकाले हामीले सम्पूर्ण गाउँवासीलाई फुर्सद मिलाई श्रमदानमा सहभागी हुन हार्दिक अनुरोधसमेत गरेका छौँ ।”

सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा केही दिनभित्रै स्याफ्रुबेँसीमा पुल निर्माण हुने विश्वास लिइएको छ ।

  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

    पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

  • Post Thumbnail

    विपद् पूर्वतयारी र सुरक्षित पूर्वाधारमा जोड

  • दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

  • मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

    Post Thumbnail

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    Post Thumbnail

    नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution