Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (६ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २७ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो ।

दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने चार क्लस्टरको मतगणना जारी छ । अरु छ क्लस्टरको गणनाको तयारी भइरहेको उहाँले बताउनुभयो । निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ । त्यस्तै पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यको पनि गणना पूरा भएको छ ।

यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदको मतगणना अहिले जारी छ । हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।

त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना पनि तीव्र रूपमा भइरहेको छ । बाँकी रहेका अन्य क्लस्टरको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य, अल्पसङ्ख्यक तथा अपाङ्तातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य गर्न बाँकी नै छ ।

मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य, खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य तथा पेसागततर्फको खुला र महिला केन्द्रीय सदस्यको मतगणनाको पनि तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

  • Post Thumbnail

    बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न

  • सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

    सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

  • सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल

    सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

    Post Thumbnail

    टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

    Post Thumbnail

    किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

    Post Thumbnail

    पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution